काठमाडौं, ३ पुस – सावित्रा भण्डारीले लोभलाग्दो गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियालाई १–० ले पराजित गरेको छ । फिफा वरीयतामा २६ स्थानमाथिको पाहुना टिमले त्यसअनुसार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बलियो खेल प्रदर्शन गर्न सकेन ।
पूरा समय नेपाली टिम हावी रह्यो । मलेसियाले विरलै मात्र विपक्षी पेनाल्टी क्षेत्रमा बल पुर्याएको देखियो । नेपाली टिम मलेसियाकै पेनाल्टी क्षेत्र वरिपरि व्यस्त भएपनि सावित्रा भण्डारीको एक गोलमै सीमित रह्यो ।
Previous Articleओबामाले गरे नेपाल सम्बन्धी कानुनमा हस्ताक्षर
Next Article २०७३ पौष ३ गते आईतबारको राशिफल