बागलुङ, २९ मंसिर – जिल्लामा सम्पन्न हरि खड्का स्मृति कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि बागलुङ क्रिकेट क्लबले जितेको छ । मंगलबार सम्पन्न फाईनल खेलमा धौलागिरी क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै बागलुङले उपाधि उचालेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको धौलागिरी क्रिकेट क्लबले गतिलो स्कोर बनाउन नसक्दा हार बेहोर्नु परेको हो । समय अभावका कारण १६ ओवरबा छोट्याईएको खेलमा धौलागिरीले ११९ रन मात्र जोड्यो । धौलागिरीका लागि भीम रोकायाले ३३ रन बनाए ।
बलिङतर्फ राजकुमार केसीले २ विकेट लिए । १२० रनको लक्ष्य पछ्याउँद जवाफी ब्याटिङ थालेको बागलुङ क्रिकेट क्लबले १४.५ ओवर खेल्दा लक्ष्य पूरा ग¥यो । बागलुङका लागि पुरन सिंहले २८ रन जोडे । उनले २ छक्का र ४ चौका प्रहार गरे ।
वलिङतर्फ अभिराज यादवले ४ विकेट लिए । यस अघि भएको दोस्रो सेमिफाईनल खेल धौलागिरी क्रिकेट क्लब र बाग्लुङ च्यालेन्जिङ टिमबीचको खेल धौलािगरीले जितेको थियो ।
Previous Articleहोलेरीलाई रुवाएर हिन्दुस्तान हसाउनै पर्ने ?
Next Article २०७३ मंसिर २९ गते बुधबारको राशिफल