म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अधिवेशनबाट वर्ष सन २०२५–२०२७ को अध्यक्षमा बेनी नगरपालिका –८ क्याम्पस चोकका सुसन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
अष्टे«लियाको सिड्नी रकडेलमा सम्पन्न मोनको १८ औँ बार्षिक साधारण तथा नवौं अधिवेशनले आगामी दुई वर्ष सन २०२५–२०२७ सम्मका लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । मोना अष्टे«लियाको वरिष्ठ उपाध्यक्ष लक्की श्रेष्ठ, प्रथम उपाध्यक्षमा दिनेश खत्री, द्वित्तिय उपाध्यक्षमा हिक्मत श्रेष्ठ, तृतीय उपाध्यक्षमा अनिल बानियाँ चयन हुनुभएको छ । त्यसैगरी महासचिबमा बाबुराम पौडेल, कोषाध्यक्षमा नगेन्द्र खत्री (राज), सचिबमा विशाल पौडेल र सन्दीप खत्री, सह–कोषाध्यक्षमा कुशल पौडेल निर्वाचित हुनुभएको हो ।

त्यस्तै, सदस्यहरुमा विजय पुन, गोपाल पुन, मुक्ति सुवेदी, अमित पौडेल, अभिषेक गिरि, शिब बुढाथोकी, नविन केसी (दिपेन्द्र) र लक्ष्मण बुढाथोकी सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
उक्त अधिवेशनले अस्ट्रेलियाको विभिन्न राज्यमा पनि राज्यस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप सबैभन्दा ठुलो राज्य र धेरै म्याग्देलीहरुको वशोवाश रहेको न्यू साउथ बेल्स राज्य समितिको संयोजकमा याम बहादुर बुढाथोकी चयन हुनुभएको छ । न्यू साउथ बेल्स राज्य समितिलाई पछि पूर्णता दिईनेछ भने अन्य राज्यहरुमा पनि गठन गर्ने जानकारी अध्यक्ष सुसन श्रेष्ठले दिनुभयो । कुइनस्ल्याण्ड राज्यमा पनि मोना स्थापना भएर सक्रिय रुपमा सञ्चालनमा रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यसअघि, अध्यक्ष इन्द्र थापामगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि मोना अस्ट्रेलिया संस्थापक अध्यक्ष उत्तम पुन, पूर्वअध्यक्ष एवम् मोना आइसीका उपाध्यक्ष हरि राम्जाली, पूर्वअध्यक्ष मुक्ति रोका, मोना अस्ट्रेलियाका प्रायोजक एवम् युवा व्यवसायी स्टुडेन्ट भाइब्सका प्रबन्धक निर्देशक बद्री बरुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष लक्की श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिब दिनेश खत्रीले गर्नुभएको थियो । दुई कार्यकाल नेतृत्व गर्नुभएका अध्यक्ष थापा मगरले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै नयाँ आउने समितिका लागि पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
थापा मगरको नेतृत्वमा मोनाले विभिन्न सामाजिक अभियान उत्कृष्ट कार्य गरेको भन्दै अस्ट्रेलियाको नाई संस्थाबाट अवार्ड समेत प्राप्त गरेको थियो । त्यसका साथै खेलकुद, मानवीय सहयोग देखि म्याग्दी डिस्कभर नामक खुल्ला फोटो प्रतियोगिता पनि सञ्चालन मोना अष्टे«लियाको अगुवाइमा गरिएको थियो ।
मोनाको एक करोड रुपैयाँको अक्षयकोष
मोना अस्ट्रेलियाले समग्र म्याग्दीको विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषलाई एक करोड रुपैयाँ पु¥याउने उद्देश्य लिईएको छ । पछिल्लो कार्यकालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरि भएको बचतबाट २० लाख रुपैयाँ थप गर्दै ४१ लाख रुपैयाँबाट कोषलाई ६१ लाख रुपैयाँ पु¥याईएको छ । उक्त कोषलाई थप मजुबत बनाउदै जाने नयाँ कार्यसमितिले प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निर्वाचित भएपछि प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै कोषलाई १ करोड पु¥याउन व्यक्तिगत रुपमा १ लाख रुपैयाँ प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ । । उहाँले सबैलाई अपनत्व हुने गरि अघि बढ्ने बताउनुभयो । म्याग्दीको बेनी बजारको क्याम्पसचोका स्थायी बान्दिा रहनुभएका उहाँले मोना समग्र म्याग्देलीको संस्थालाई सबैले आफ्नो मनको संस्थाका रुपमा लिएर अगाडी बढाउनु पर्ने बताउनुभएको थियो ।