प्रजातन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसीसले जिल्ला कारागार म्याग्दीमा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
बेनी नगरपालिका वडा नं. २ खवरामा रहेको जिल्ला कारागार म्याग्दीमा रहेका कैदीबन्दीहरुलाई शारिरिक स्वास्थ्यमा सहयोगी बन्न सक्ने स्वस्थ र तन्दुरुस्त जिवनका लागि खेलकुद सामाग्री हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष बिनोद घर्तीले बताउनुभयो । उहाँका अनुसार खेलकुदले मधुमेह, क्यान्सर, हृदय रोग, डिप्रेसन, चिन्ता, तनावबाट केही हद सम्म भए पनि बच्न र मुटु र फोक्सोको कार्यक्षमतालाई पनि सुधार गर्न मद्दत पुग्ने विश्वास गरिन्छ । खेलकुदले मानसिक स्वास्थ्यमा समेत सुधार गरि सकरात्मक सोचको बिकास गराउन मद्दत गर्ने भएकोले म्याग्दी जेसीजले जिल्ला कारागार म्याग्दीमा खेलकुद सामाग्री बितरण गरेको हो ।
म्याग्दी जेसीजका वर्ष–२०२५ को शाखा अध्यक्ष बिनोद घर्तीको अध्यक्षता भएको सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीजका पुर्व अध्यक्ष खम थापा मगर, निवर्तमान अध्यक्ष दिनेश बानियाँ, जिल्ला कारागार म्याग्दीका प्रहरी साहयक निरक्षक दिपक चौधरी लगायतको उपस्थिति रहेको थियो । सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक जेसी दिनेश खत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
Previous Articleअपर म्याग्दी–१ को बाँध निर्माण सुरु
Next Article दरबाङ प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरू