बागलुङ, २७ मंसिर – दोस्रो हरि खड्का स्मृति कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार दुई खेल भएका छन् । पहिलो खेल बागलुङ क्रिकेट क्लब ए ले जितेको छ । धौलागिरी क्रिकेट क्लब जुनियर र बागलुङ क्रिकेट क्लब ए बीचको खेलमा बागलुङ क्रिकेट क्लबले ६ विकेटले जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको धौलागिरी जुनियरले १३ ओवरमा ७२ रन जोड्दा अल आउट भयो । धौलागिरी जुनियरका लागि प्रभास पुनले १४ र सन्जोग श्रेष्ठ १२ रन जोड्नु बाहेक अन्यले दोहोरा अंक छुन सकेनन् । बलिङतर्फ बागलुङ ए का सन्जय पन्त र सुमन खड्काले समान ३—३ विकेट लिए । ७३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको बागलुङले १४ ओवरमा ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । बागलुङका लागि दिपेन्द्र खड्का र गणेश थापाले समान २५ रन जोडे । बलिङतर्फ प्रभास पुनले तीन विकेट लिए । म्यान अफ द म्याच बागलुङ ए का गणेश थापा चुनिए । त्यस्तै आईतबार नै भएको अर्को खेलमा बागलुङ च्यालेन्जीङ टिम ४ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको बागलुङ क्रिकेट क्लब बीले १८ ओवरमा ९५ रन जोड्दा अल आउट भयो । बागलुङ बी का लागि भरत थापाले २९ तथा प्रकाश खड्काले ११ रन जोडे । बलिङतर्फ सन्दिप पन्तले ४ विकेट लिए । जितका लागि ९६ रनको लक्ष्य पछ्याएको बागलुङ च्यालेन्जीङ टिमले १८ ओवरमा ६ विकेट गुमाएर लक्ष्या भेट्टायो । बागलुङ च्यालेन्जीङका लागि पवन हमालले नट आउट ५६ रन जोडे । बलिङतर्फ स्याङ्पो गुरुङले चार विकेट लिए । सन्दिप पन्त म्यान अफ द म्याच भए । सोमबार धौलागिरी क्रिकेट क्लब र कुश्मा युनाईटेड टिम तथा राईजिङ सुपरस्टार पोखरा र बागलुङ क्रिकेट क्लबबीच सेमिफाईनल खेल हुने आयोजकले जनाएको छ ।
Previous Articleकारागारका कैदिलाई प्रशाद
Next Article पुष्पा बनिन् ‘सिएनएन सुपर हिराे’