बागलुङ, २७ मंसिर – कालिका भगवती गुठी ब्यबस्थापन समिति बागलुङले जिल्ला कारागार शाखा बागलुङमा आइतबार एक कार्यक्रम गरि कालिका भगवती मन्दिरको फुल प्रसाद प्रदान गरेको छ ।
गुठीले मन्दिरको टीका प्रसाद कारागार भित्र रहेका कैदि बन्दिलाई मन्दिरका पुजारी समितिका सदस्य पुगेर टीका लगाइ दिनुका साथै महिला कैदी बन्दीलाई एक एक थान सारी समेत प्रदान गरेको थियो । कार्यक्रममा कालिका भगवती गुठी ब्यबस्थापन समितिका सदस्य राजेशचन्द्र राजभण्डारी समितिका कार्यालय प्रमुख पबित्रा श्रीसले मन्तव्य व्यक्त गरेका थिए ।
८० जना कैदी बन्दीलाई कालिका भगवती गुठीको तर्फबाट पहिलोपटक कार्यक्रम गरि कारागारमा रहेका कैदीबन्दीलाई मनमा शान्ति छाओस भनी कामना टीका लगाइ दिएको थियो ।
गुठिले कारागार भित्र रहेका कैदि बन्दीलाई टीका लगाउने कार्यक्रम समय समयमा गर्नु राम्रो हुने धारणा कारागार शाखाका प्रमुख यज्ञराज रिजालले राखेका थिए ।
Previous Articleजापानमा कागजपत्र खाेसेर युवतीमाथि याैन शाेषण
Next Article सेमिफाइनलका खेल आज