सन्दर्भः अन्तराष्ट्रिय पर्वतीय दिवस
प्रकाश थापा
हरेक वर्ष डिसेम्वर ११ का दिनलाई अन्तराष्ट्रिय पर्वतीय दिवसको रुपमा मनाउने गरिन्छ । सन् २००३ पश्चात् मनाउन लागिएको यस दिवसको मुलभुत उद्देश्य भनेको मानव जीवनमा पर्वतीय क्षेत्रको महत्व बारे जनचेतना जगाउनु, यस क्षेत्रको विकासका संभावना र चुनौतिहरु केलाउनु तथा यस क्षेत्रको जनजीवन र वातावरणमा सकारात्मक परिवर्तन ल्याउनु रहेको छ । पर्वतीय क्षेत्रले २२ प्रतिशत पृथ्वीको भुभाग ओगटेको छ भने करिव १३ प्रतिशत जनसंख्या यस क्षेत्रमा रहेका छन् । पर्वतीय क्षेत्र आफैमा जैविक विविधता र कला संस्कृतिमा भरिपूर्ण छ । यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष रुपमा तल्लो तटिय क्षेत्रलाई समेत फाइदा पु¥याइ राखेको छ । यस क्षेत्र स्वच्छ पानीको प्रमुख स्रोत मात्र नभई विभिन्न जडिबुटिको भण्डार समेत हो । विविध खाद्यान्न पनि पर्वतीय क्षेत्रले पु¥याइ राखेको छ । यही महत्वपूर्ण पर्वतीय क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन हरेक वर्ष अन्तराष्ट्रिय पर्वतीय दिवस मनाउने गरिन्छ । यस वर्ष पनि अन्तराष्ट्रिय पर्वतीय दिवसको नारा ूपर्वतीय संस्कृतिः विविधता मनाउने र पहिचान बलियो बनाउनेू ९ःयगलतबष्ल ऋगतिगचभकस् अभभिदचबतष्लन मष्खभचकष्तथ बलम कतचभलनतजभलष्लन ष्मभलतष्तथ० रहेको छ ।
तर बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तनले गर्दा पर्वतीय क्षेत्रको भविष्य जोखिमपूर्ण अवस्थामा छ । साधारण रुपमा भन्नुपर्दा जलवायु परिवर्तनले भनेको लामो अवधिमा तापक्रम, वर्षा र हावाको अवस्थामा आएको परिवर्तन हो । यही बढ्दो जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम प्रति वर्ष ०.००२४ डिग्रीसेल्सियसका दरले बढिरहेको छ । बढ्दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिेने दर तीव्र गतिमा छ भने हिमतालहरु फुट्ने जोखिमपूर्ण संभावनाहरु पनि धेरै छन् । यसैगरी हिमाली भेगमा हिउँ पर्ने क्रममा पनि कमी आइरहेको छ ।
हाम्रो देशको कुरा गर्ने हो भने प्रति वर्ष नेपालको तापक्रम ०.०६ डिग्रीसेल्सियसका दरले बढिरहेको छ । नेपालमा रहेका २३२३ वटा हिमतालहरु मध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिमता खेपिरहेका छन् । केही वर्ष अगाडि वि.सं २०६६ सालमा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो । उता पूर्वी नेपालमा रहेको खुम्बु हिमनदी सन् १९५३ देखि ५ किलोमिटर घटेको सुनिन्छ । यस्ता अनेकौ प्रकोपहरु भावी दिनहरुमा अझ बढी नआउँलान भन्न सकिँदैन ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रको पारिस्थीतिकीय प्रणालीमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । हिमाली क्षेत्रमा पाइने वनस्पति तथा जीवजन्तुहरु जलवायु परिवर्तनबाट समस्याग्रस्त अवस्थामा छन् । मनास्लु क्षेत्रमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले गरेको प्रारम्भिक अध्ययनअनुसार तालिस पत्र र भोजपत्रको प्राकृतिक बसाइ प्रति वर्ष १.५ मिटर देखि ३.४ मिटरका दरले माथि सरिरहेको तथ्य पाइएको थियो । जलवायु परिवर्तनले वृक्षको वृद्घिमा समेत नकारात्मक परिवर्तन पारिरहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । यसैगरी हिमाली भेगका हिउँ चितुवा, व्बाँसो, नाउर लगायतका वन्यजन्तुहरुको वासस्थानमा पनि जलवायु परिवर्तनले असर पारिरहेको छ । अर्कोतर्फ हिमाली भेगको कृषि तथा पशुपालनमा जलवायु परिवर्तनको असर परेको छ । मुस्ताङ जिल्लामा स्याउको उत्पादनमा कमी आइरहेको पनि बेलाबखत सुन्नमा आइरहेको छ । खेतीबाली उब्जनीतर्फ पनि हिमाली क्षेत्रमा व्यापक रुपमा हालैका वर्षहरुमा जलवायु परिवर्तनले प्रभाव पारेको छ । त्यसैगरी हिमाली चरण क्षेत्रमा जलवायु परिवर्तनको प्रभावले घाँस उत्पादन क्रमिक रुपमा कमी आएका कारण पशुपालन व्यवसाय पनि अफ्ठेरो अवस्थामा छ । चिसो हावापानीमा राम्रो हुर्कने च्याङ्ग्राहरुमा तापक्रम वृद्धिले गर्दा झाडापखला लगायतका अनेकौ रोगहरु देखा परेका समस्या उपल्लो मुस्ताङबाट पनि समाचार सुनिन्छन् । यस बाहेक चौरीमा पनि विविध समस्याहरु देखापर्न थालेका छन् । हिमाली भेगको मुख्य पेशा पशुपालनमा दिनानुदिन नकारात्मक असर बढिरहेका छन् । त्यसैगरी पर्वतीय क्षेत्रको आर्थिक तथा समाजिक क्षेत्रमा पनि जलवायु परिवर्तनले नकरात्मक असर पारिरहेको छ । मुस्ताङमा हिउँ थोरै पानी धेरै पर्न थालेका कारण हिजो आज माटोले बनेका परम्परागत घरहरु छिटो भत्किन थालेका छन् । यही कारण स्थानीय वासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन् । हिमाली भेगका पाइने जडिबुटी यार्सागुम्वाको संकलनमा कमी हुनु पनि जलवायु परिवर्तन हो भन्ने आवाज पनि सुनिन थालेका छन् । जलवायु परिवर्तनको प्रभावले कतै हिमाली भेगको पर्यटन पनि प्रभावमा पर्ने त होइन भन्ने ज्ञिज्ञासाहरु पनि आएका छन् । हिउँले वर्षभरि ढाक्ने हिमालहरुबाट हिउँ पग्लिएर कालो देखिन पनि सुरु भैसकेको छ । यो संकेत अवश्य पनि पर्वतीय क्षेत्रका लागि शुभ होइन ।
पर्वतीय क्षेत्र सम्पर्ण पृथ्वीको छानो हो । जसरी घरको छानो ढले घरको अस्तिव रहँदैन, त्यसरी नै हाम्रो पृथ्वी पनि पर्वतीय क्षेत्र विना अस्तिवमा रहन सक्दैन । पर्वतीय क्षेत्र आफैमा कला संस्कृति, जैविक विविधता र सौन्दर्यताको खानी हो । पर्वतीय क्षेत्रले तल्लो तटिय क्षेत्रलाई दिने वातावरणीय सेवा अत्यन्त महत्वपूर्ण छ । पर्वतीय क्षेत्रमा आउने सानो परिवर्तनले तल्लो तटिय क्षेत्रलाई नराम्ररी असर गर्न सक्दछ । उता यही पर्वतीय क्षेत्र संरक्षण भए सम्पूर्ण प्राणी जगतले खाद्यान्नदेखि प्रकृतिका अन्य अनुपम उपहारहरु समेत प्राप्त गर्ने छन् । त्यसैले पर्वतीय क्षेत्रको हालको चुनौति जलवायु परिवर्तनको नकारात्मक प्रभाव कम गर्ने र परिवर्तित अवस्थामा अनुकुलित हुने बेला आइसकेको छ । एका तर्फ वनजंगलको संरक्षण गरी कार्वन उत्सर्जनमा कमि ल्याई बढ्दो उष्णीकरणलाई कम गर्न सारा विश्व जुट्नु पर्दछ भने अर्कातर्फ सुमादय अनुकुलनका कार्यक्रमहरु अगाडि सार्दै जानु पर्दछ ।
अन्त्यमा पर्वतीय क्षेत्रको संरक्षण, विकास तथा प्रवद्र्घनमा सारा विश्वको आँखा जाओस् । हामी सबैले आआफ्नो स्थानबाट पर्वतीय क्षेत्रको जनजीवन तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउँन केही योगदान पु¥याउँ, यही छ अन्तराष्ट्रिय पर्वतीय दिवस–२०१६ को सबैमा शुभकामना ।