बागलुङ, २६ मंसिर – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बागलुङको निरयघाटस्थित आश्रमका ज्येष्ठ नागरिकलाई खाद्यन्न सामाग्री प्रदान गरिएको छ । राष्ट्रिय महिला अधिकार मञ्च र क्षेत्री महिला समाज बागलुङले शनिबार १५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् । अभियानको अन्तिम दिन पारेर रामानुज र ओमकारेश्र आश्रमका ज्येष्ठ नागरिकहरुको जीवनयापनमा सघाउ पु¥याउन खाद्यन्न वितरण गरिएको हो । दैनिक उपभोग्य वस्तु चामाल, दाल, तेल, तरकारी, फलफूल लगाएतका सामाग्री प्रदान गरिएको मञ्चका अध्यक्ष रेणु केसीले जानकारी दिइन् । ‘लैङ्गिक हिंसा विरुद्धको दिवसलाई रचनात्मक बनाउने उद्देश्यले आश्रमका ज्येष्ठ नागरिकालई खाद्यन्न सामाग्री प्रदान गरेका हौं’ अध्यक्ष केसीले भनिन् । अभियानमा औपचारिकता निभाउनुको साटो फरक ढङ्गले काम गरे त्यसले परिणाम दिने उनको भनाई छ । कार्यक्रममा बोल्ने वक्ताहरुले दुई संस्था मिलेर गरेको उक्त कार्यको सह्राहना गरेका थिए । प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालय बागलुङकी महिला विकास निरिक्षक सरस्वती रेग्मीले ज्येष्ठ नागरिकहरुको हकको रक्षा हुनुपर्ने धारणा राखिन् । उनले विभिन्न कारणले आश्रममा पुगेका ज्येष्ठ नागरिकको सुरक्षा र गुणस्तरीय जीवनयापनमा सबै पक्षको सहयोग चाहिने बताइन् । लैङ्गिक हिंसा न्युनीकरणका लागि सामाजिक प्रतिवद्धता आवश्यक रहेकोमा उनको जोड थियो । कार्यक्रममा सामाजिक अगुवा खड्क कुमारी खड्का, सिवाईसी महिला विभागकी संयोजक सीता शर्मा, रामनुज आश्रमकी पुरुषोत्तम दिदी, क्षेत्री समाज बागलुङकी उपाध्यक्ष अञ्जु जिसी, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष भविकला रोका लगाएतले मन्तव्य व्यक्त गरेका थिए । मञ्चकी अध्यक्ष केसीको अध्यक्षता, सह–सचिव लक्ष्मी बोहराको सञ्चालन र क्षेत्री महिला समाज बागलुङकी अध्यक्ष शिवकला थापाको स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।