बागलुङ, २६ मंसिर – ६८ औं मानव अधिकार दिवस मंगलबार बागलुङमा मनाईएको छ । मानव अधिकार तथा शान्ति समाज बागलुङ, मानव अधिकार संगठन र नागरिक समाज बागलुङ लगायत यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुको सक्रियतामा बागलुङको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरिएको हो । हरेक वर्ष १० डिसेम्बरको दिन संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । यसैको सम्झनामा विश्वभर मानवअधिकार दिवस मनाउने गरिन्छ । कार्यक्रममा बोल्दै बरिष्ठ अधिबक्ता पद्मनाथ शर्माले सुशासन, मानव अधिकार र विकासको अन्तर सम्बन्धलाई केलाउँदै मानव अधिकारमुखी विकास पद्धतीको अवलम्बन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य गिता श्रीष, मानव अधिकार संगठन बागलुङका अध्यक्ष अमरबहादुर कार्की, नागरिक संजाल बागलुङ संयोजक सिताराम थापा, मानव अधिकार तथा शान्ति समाज बागलुङका पुर्व सभापति विकास पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य ज्ञानेन्द्र गौतम लगायतले बोलेका थिए । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज बागलुङका सभापति भुमिश्वर गौतमको अध्यक्षता, सत्कर्म नेपालका कार्यक्रम संयोजक श्रीकृष्ण पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच, म्याग्दीमा पनि शनिबार विभिन्न कार्यक्रम गरेर विश्व मानव अधिकार दिवस मनाइएको छ । मानवअधिकार दिवसको अवसरमा भकिम्ली, शिखको पाउद्धार र पाखापानीमा “पानी र सरसफाई हाम्रो अधिकार” भन्ने नाराका सन्देशमुलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । जिविस अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा भएको कार्यक्रममा गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारी, सदस्य, आमा समूह, युवा क्लव, वडा नागरिक मञ्च, शिक्षक लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पाउद्धारमा भिवाससीसीका सदस्य मिनबहादुर गर्बुजाको अध्यक्षता र स्वास्थ्य प्रर्वद्धक गंगादेवी बरुवालको सञ्चालमा सम्पन्न कार्यक्रमको फिल्ड संयोजक कमला शर्माले सहजिकरण गरेकी थिइन् । यसैगरी भकिम्लीमा फिल्ड संयोजक दिपेन्द्र शर्मा र वास सहजकर्ता गोविन्द पौडेल तथा पाखापानीमा फिल्ड संयोजक शुशिला केसी, सहजकर्ता बिष्णुप्रसाद पौडेल र प्रर्वद्धक राधिका थापाले मानवअधिकारसंग पानी र सरसफाईको सम्बन्धको बारेमा जानकारी गराएका थिए ।
Previous Article२६ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article ज्येष्ठ नागरिकलाई खाद्यान्न प्रदान