बागलुङ, २४ मंसिर – नेपाल बुद्धिजीवि परिषद्को स्थापनाको दिवसको अवसरमा जिल्ला शाखा बागलुङले ‘नेपालको परिवर्तित सन्दर्भमा वुद्धिजीवि वर्गको दृष्टिकोण’ विषयमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय सदस्य प्रेमराज सुशिलले मुलुक यतिबेला राष्ट्रियता, स्वाधीनता र अखण्डता संकटमा पर्न गएको बेला राष्ट्र निर्माणमा गर्न एमाले लिएको अडान र निष्कर्षलाई जनता समक्ष पु¥याई सबैलाई एकाकार हुन आग्रह गरेका थिए । संविधान संशोधन, राष्ट्रियताको अभियान, भारतीय दस्तावेजले निम्त्याएको विकराल परिस्थती, राज्य टुक्रयाने सम्मका षडयन्त्रका विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिएको सुचना तथा प्रविधि अध्ययन केन्द्रका सदस्य प्रकाश पौडेलले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष श्रीप्रसाद शर्मा, सुचना तथा प्रविधि अध्ययन केन्द्रका सदस्य प्रकाश पौडेल, नेकपा एमाले क्याम्पस शाखा अध्यक्ष उदयचन्द्र चापागाई, नेकपा एमाले बागलुङका सचिवालय सदस्य डिल्लीराज गौतम, भूपाल चालिसे, गोविन्द गौतम, सल्लाहकार हरिप्रसाद शर्मा, नेपाल बुद्धिजीवि परिषद् पूर्वकेन्द्रिय सदस्य ओमप्रसाद शर्मा, सल्लाहकार आनन्द सिलवाल, प्रकाश सापकोटा, पूर्वअध्यक्ष रामप्रसाद उपाध्यय, अखिल नेपाल महिला संघकी सचिव अम्बिका रेग्मी लगायतले राष्ट्रिया एकता कायम गरि मुलुकलाई राजनैतिक रुपमा स्थायीत्वसंगै दिगो विकासको बाटोमा अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
नेपाल बुद्धिजीवि परिषद बागलुङका अध्यक्ष डा. सुदर्शन सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा शर्मा र संचालन सचिव प्रकाश शर्माले गरेका थिए ।
Previous Articleशिक्षकको ‘लेक्चर’ र विद्यार्थीको बेवास्ता
Next Article क्षेत्रिय खेलको तयारी तीव्र गतिमा