अमृत बास्कुने
नेपाल कम्युनिष्ट पार्टी एमालेको लोमन्थाङमा भएको अधिवेशनले नयाँ कमिटी गठन गरेको हो । लोमन्थाङमा आयोजित नेकपा एमालेको दोश्रो पालिका अधिवेशनले सर्वसम्मत रुपमा पालिका कमिटी तथा वडा कमिटी समेत चयन गरेको छ ।
गाउँपालिकाको अधिवेशनबाट लाक्पा ओङ्दी गुरुङको अध्यक्षतामा पालिका कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा मिङग्युर गुरुङ, सचिव कर्म नाम्ग्याल गुरुङ, उपसचिवमा न्होर्चुङ गुरुङ र छिरिङ छेटिन गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लाक्पा टसी गुरुङ, झिग्मी गुरुङ, नाम्जो गुरुङ, कुन्साङ गुरुङ, सोनामटसी गुरुङ, छुटिङ साङमो गुरुङ, छिरिङ गुरुङ, आङ्जेन गुरुङ, कुङ्गा गुरुङ, छिरिङ ढिण्डुक गुरुङ, कुङ्गा धोर्जे गुरुङ रहनु भएको छ । त्यस्तै ग्याचो गुरुङ, गोम्पो गुरुङ, ढिकी छोन्जुम गुरुङ, रिङजिङ गुरुङ, कुङ्गा धोर्जे गुरुङ रहनु भएको छ ।
त्यस्तै लोमन्थाङ गाउँपालिका–१ को वडा कमिटीको अध्यक्षमा लाक्पा टसी गुरुङ चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा धोर्जे छिरिङ गुरुङ, सचिवमा ढिण्डुप छिरिङ गुरुङ, उपसचिवमा जिग्मी गुरुङ र छिरिङ सोमा गुरुङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा याङजिङ गुरुङ, ल्हमु गुरुङ, ङिमा ढोका गुरुङ र ढावा विटिक गुरुङ रहनु भएको नेकपा एमाले मुस्ताङका सचिव तीलक बिकले जानकारी दिनुभयो ।
त्यसैगरी लोमन्थाङ गाउँपालिका–२ को वडा कमिटीको अध्यक्षमा कुंक गुरुङ, उपाध्यक्षमा कुंका तेन्जिङ गुरुङ, सचिव फुन्जोक गुरुङ, उपसचिवमा पेमा छिरिङ गुरुङ र पेमा नामग्यल गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रिन्जिन धोर्जे विष्ट, पासाङ वाङ्दी गुरुङ, छुककी गुरुङ र छिरिङ म्हेन्दो गुरुङ रहनुभएको छ ।
त्यस्तै लोमन्थाङ गाउँपालिका–३ को वडा कमिटीको अध्यक्षमा पेमा नाङ्गयल गुरुङ, उपाध्यक्ष्मा ढेचने गुरुङ, सचिवमा अर्जुन गुरुङ, उपसचिवमा थाक्पा छिरिङ गुरुङ र थाक्पामा छिरिङ गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मिङमर गुरुङ, याङडुङ गुरुङ, धोक्मे गुरुङ र सोनाम आङमो गुरुङ रहनुभएको छ ।
त्यस्तै लोमन्थाङ गाउँपालिका–४ को वडा कमिटीको अध्यक्षमा आङ्ग्याल गुरुङ, उपाध्यक्ष काजाड ध्याचो गुरुङ, सचिव नोर्चुङ गुरुङ, उपसचिवमा छिरिङ धिण्डु गुरुङ र सिजे गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मिङमा गुरुङ, पेम्बा गुरुङ, नुर्व साङ्वो गुरुङ, थोक्मे गुरुङ, पासाङ गुरुङ, राजु गुरुङ, लोकटे गुरुङ, पान्र्दे गुरुङ, कुन्साङ गुरुङ, कुङ्गा गुरुङ, पा ढोका गुरुङ, सोनाम साङ्मो गुरुङ, कुन्साङ छोटेन गुरुङ, निमा सिजे गुरुङ, रिक्जे वाङ्मो गुरुङ, नेन्जीङ गुरुङ, आङग्या माङगा गुरुङ, धर्चुङ गुरुङ रहेको वडा कमिटी गठन भएको छ ।
लोमन्थाङ गाउँपालिका–५ अधिवेशनबाट पासाङ गुरुङको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा छिरीङ नेमा गुरुङ, सचिव वाङ्ग्याल गुरुङ, उपसचिवमा छिरीङ फोचोक गुरुङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा गोम्बो गुरुङ, ताम्ठीन गुरुङ, रिन्जीन गुरुङ, छेवाङ रिन्जीन गुरुङ, आङ्ग्याल गुरुङ, कुङ्ग गुरुङ, सोनम ढुक्के गुरुङ, टासी आङ्ग्यल गुरुङ, पेमा गुरुङ, छिरि आङमो गुरुङ, ढोमा छिरिङ गुरुङ, भी छिरीङ गुरुङ, रिन्जीङ छेवाङ गुरुङ, तम्ठीन छेम्पा गुरुङ, साङ्मो गुरुङ, टासी ढोका गुरुङ, छिरिङ छोबेल गुरुङ रहेको वडा नम्बर ५ को वडा कमिटी गठन भएको छ ।
Previous Articleमाछापुच्छ्रे क्रिकेट लिगमा जम्दै जस्मीन थापा
Next Article जोडियो हिमालपारिको मुस्ताङ र डोल्पा सडक सञ्जालले