काठमाडौं, २३ मंसिर – पूर्व गृहमन्त्री माधव घिमिरेको जीप दुर्घटना ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई भएको छानबिन समीतिको प्रतिवेदनले निष्कर्ष निकालेको छ । घटनाको ७५ दिनपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले दुर्घटनासम्बन्धी छानबिनको प्रतिवेदन बुझेका छन् ।
असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो । पूर्व प्रहरी महानिरिक्षक कुबेरसिंह रानाको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री निधीलाई बुझाएको हो ।
प्रतिवेदनमा उक्त दुर्घटना आपराधिक उद्धेश्यले नभएको र दुर्घटना भएको बेला गाडी पूर्वमन्त्री घिमिरेले नै चलाएको उल्लेख छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताए ।
धादिङको मार्पाकमा भएको बस दुर्घटनाको छानविनको जिम्मेवारी समेत सोही समितिलाई दिइएको थियो । समितिले बस दुर्घटनाको प्रतिवेदन पनि बुझाएको छ ।
प्रतिवेदन भन्छ- पूर्व गृहमन्त्री घिमिरेको गाडी दुर्घटना ‘ओभरटेक’
Previous Articleसंविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म सहमति हुनैसक्दैन-ओली
Next Article पहुँच पुग्यो प्रविधि पुगेन