चेतना भया
भरत बागलुङे
गाउँका वस्ती र टोल टोलमा पुगेर जब हामीले क्रान्तिका गीत गाइरहेका हुन्थ्यौँ ओ याङ्की गो होम डटी याङ्की गो होम, हाम्रो रातो झण्डा पेरुमा फरफराउँदैछ । त्यसबेला पेरुमा कामरेड गोञ्जालोको नेतृत्वमा विश्व हल्लाउने गरी क्रान्तिकारीले सत्तालाई लघारी रहेका थिए । यता नेपालमा भर्खर बहुदल आएको थियो र नव युवाहरुलाई राजनीतिले गहिरो गरी तानिरहेको थियो । दाशताको पहिलो अनुभव नेपाली राजनीतिमा त्यसघरी मैले महशुस गर्न पुगेँ जब हामीले विश्वभर आप्mनो साम्राज्यवादी नीतिद्वारा अरुको मुलुकको सार्वभौमिकता र राष्ट्रिय सुरक्षामा हस्तक्षेप गरिरहेको अमेरिकी साम्राज्यवादलाई हामीले आप्mनो घर फर्की भनेर गीतको माध्यमबाट चेतावनी दिईरहेका थियौँ विडम्बना काँग्रेसबन्धुहरुले हाम्रो विरुद्ध गाउँ वस्तीमा स्टेज बनाएर जवाफ दिईरहेका थिए ओ याङ्की वयलकम कम्युनिष्टको के काम तिम्रो कालो झण्डा पेरुमा फरफराउँदैछ । यो भन्दा दरिद्र चिन्तन राजनीतिमा के हुन सक्छ ? विचार, चिन्तन, दर्शन, सिद्धान्त, मुलुकको अखण्डता, सार्वभौमिकता र मौलिकतालाई काँग्रेसले कहिल्यै गम्भीर रुपमा लिएको पाइँदैन । भारतीय विस्तारवादको या अमेरिकी साम्राज्यवादको विरोध गर्दा आजपर्यन्त गाउँ गाउँमा काँग्रेसका समर्थक ती आगो बन्छन् । तिनलाई कस्तो दीक्षाशालामा दीक्षित गरिरहेका छन् काँग्रेसका माउतेहरु की ती भारतीय विस्तारवादले नेपाली भूमी अतिक्रमण गरेको, नेपालको सार्वभौमिकता र अखण्डतामाथी हस्तक्षेप गरेको विरोधमा कहिल्यै आफु बोलेनन् र बोल्नेहरुलाई ती राम्रो आँखाले हेर्दैनन् ।
बहुदलको आगमनपछि जब गाउँ गाउँमा कम्युनिष्टका नेता कार्यकर्ताले पुरानो रुढीवादी संस्कार, संस्कृति, छुवावात, जातीय विभेद, लैङ्गिक विभेद, धर्मका नाममा हुने विभेद र शोषणको विरुद्ध नयाँ संस्कृतिको विगुल फुकेर दुनियाँलाई चेतना बाँडिरहेका थिए । तिनीहरु आफुलाई नै सच्चा जनताको मुक्तिदाता भएको भ्रम र ढोंगबाट मुक्त हुनसकिरहेका थिएनन् । तिनको अहम थियो की ती नै नागरिक पीडा र कष्टका मुक्तिदाता या ठेकेदार हुन् । उता काँग्रेस ती रुढीवाद, छुवाछुत र शोषण र सामन्तको विरुद्ध विगुल फुकिरहेका कम्युनिष्टहरुका विरुद्ध ती अफवाह फिँजाईरहेका थिए की कम्युनिष्टहरु धर्मकर्म मान्दैनन् । ती जातभात मान्दैनन् र साम्यवादी हुन् ती । कस्तो अचम्म ! समाजलाई पछाडी धकेल्ने ती गलत कुराहरुको काँग्रेस आजपर्यन्त पक्षपोषण गरिहेका छन् कुनै न कुनै रुपमा । यी गलत कुराबाट समाजलाई मुक्ति दिँदा काँग्रेसले आप्mनो अस्तित्व नै नामेट हुने भ्रममा किन बाँचिरहेका छन् ? यहीँनेर राजनीति ठेकेदारी प्रथा हो या समाजसेवा ? यो अकिञ्चन बबुरो विलखवन्दमा छ । काँग्रेस बन्धु ती सधैं समयको इतर उभिईरहेका हुन्छन् । तिनले माओवादीको जनयुद्धको भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको भाकामा भाका मिलाउँदै विरोध गरिरहे । आप्mना प्रभुहरुको लयमा लय मिलाउँदै तिनले माओवादीलाई आतंककारी करार गरी तिनका टाउकाको मुल्य तोके र ती समयको गतिसँग मिल्न नसकेको पुरानो सामन्तवादको प्रतीक राजसंस्थाको बचाउमा लागिरहे । जब भारतीय विस्तारवादले राजाबाट आप्mनो भक्तिमा बाधा पुगेको ठहरमा त्यसका विरुद्ध उभिन पुग्यो काँग्रेस त्यो भारतको चाहनामा जीवनको सबै अस्तित्वलाई आगो लगाएर सति जानपुग्यो । कस्तो अचम्म !
यतिबेला मुलुक फेरी एकपटक जटिल मोडमा उभिन आईपुगेको छ । मेरो स्मृतिमा बहुदल घोषणा हुँदाका बखतदेखि आजपर्यन्तको नेपाली राजनीतिको दाश मनोवृत्ति, अनैतिक सम्वन्धहरुको चक्र फनफनी नाचिरहेको छ । नागरिक सडकमा छन् । ती राष्ट्रियताको लागि जीवनको आहुती दिन पछि नहट्ने अठोट लिएर मुलुकको विभाजनको विरुद्ध छन् । विडम्बना सत्ताका मालिकहरु ती नागरिकको न्यायोचित मागलाई एमालेकरण गरि भारतीय विस्तारवादको गुलामीमा मग्न छन् । भारतीय विस्तारवादको कारिन्दा रञ्जित रे दुतावासमा मधेशीहरुलाई भोज खुवाएर तिनका दाशमनोवृत्तिले भरिएको दिमागमा नेपालको तराई भुभागलाई पहाडसँग छुट्याउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न निर्देशन दिईरहेको छ । नागरिकको नेपाल राष्ट्रप्रतिको अगाध प्रेमलाई एमालेको राजनीतिसँग जोडेर अपमान गर्नेहरुले भारतीय राजदुतको हस्तक्षेपमा मौन बस्नुले तिनको नैतिकताप्रति नै शंका गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । हामी कस्तो राजनैतिक संस्कार र संस्कृति निर्माण गरिरहेकाछौँ ? हक अधिकार माग्नु र दिनु भन्दा बढी मुलुकको सार्वभौमिकता राष्ट्रिय अखण्डता र सुरक्षामाथी नै खुलेआम र निर्मम प्रहार भईरहँदा हामी मौन बसिरहेका छौँ । आप्mनो पार्टी र पार्टीको सरकारले ल्याएको कुनै पनि राष्ट्रघाती नीति, नियम र कानुनलाई आँखा चिम्लेर मौन बस्नु कति जायज छ ? तर हामी बसिरहेका छौँ । हामी राष्ट्रियतासँग मजाक गरिरहेका छौँ । नागरिक हक, अधिकार र तिनको प्रतिष्ठासँग मजाक गरिरहेका छौँ । स्वतन्त्रता र सार्वभौमिकतासँग मजाक गरिरहेका छौँ । हामी भुगोल सानो हुनुको हिनताबोध या सत्ताको मिठो बसाईमा अल्झिरहेका छौँ र यी सब बकवास गरिरहेका छौँ ? वास्तविक नागरिकको मुक्ति, तिनको हक अधिकारको स्थापना र तिनको जीवनका दुःखद उल्झनहरुलाई हामी सत्तामा चढ्ने भ¥याङ बनाईरहेकाछौँ । भारतीय विस्तारवादको पुस्तौँको हस्तक्षेप, उसको हेपाहा प्रवृत्ति र नेपालमा सधैं अस्थिरता सिर्जना गरेर हाम्रो प्राकृतिक स्रोतसाधनमाथीको उसको अपनत्व कायम गर्ने दुत्सित मनसायलाई बुझेर पनि त्यसलाई आँखा चिम्लेर नागरिकको हक अधिकार, सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग मजाक गर्नु के जिम्मेवार राजनीतिकर्मीको लागि सुहाउँदो कर्म हुन सक्छ ? मुलुकको सार्वभौमिकता भन्दा के नागरिकको हक अधिकार र उसको पहिचान पहिलो हुनसक्छ ? अनावश्यक रुपमा नागरिकको दिमागमा भ्रम छरेर नेपाली राजनीतिमा राजनीतिज्ञहरुले मुलुकको समुल उपस्थितिलाई कम्जोर बनाउने जुन दुष्कर्म गरिरहेका छन् त्यसले भोलीका दिनमा नेपाललाई सिक्किमको नियति भोग्नु पर्ने अवस्थामा पु¥याउने सम्भावना अरु बढेर गएको छ । तर पार्टीका नोकरशाहहरु ती पक्ष विपक्षमा विभक्त भएर इतिहासको पुनरावृत्ति गरिरहेका छन् । ती आफुलाई नम्बरी दुःखीजनका मुक्तिदाता या असली राष्ट्रवादी करार गर्नमा बेतोड लागिरहेका छन् । कस्तो अचम्म ! मुलुकको समृद्धि र नागरिकको हक, अधिकार र तिनको प्रतिष्ठाको विषयमा विदेशी हस्तक्षेपकारीहरुको उपस्थितिको अपेक्षा राख्नु र तिनलाई उभिने ठाउँ दिनेहरु तिनले बुभ्mनु जरुरी छ नागरिकको राष्ट्रप्रतिको अनुरागलाई मजाकको विषय बनाउनु कति खतरनाक सावित हुन सक्छ तिनको समुल उपस्थितिको निम्ति । खरानीको थुप्रोबीच तिनको अस्तित्व खोज्नु पर्ने दिन नेपाली राजनीतिमा नआओस् । चेतना भया !
bhbaglunge@gmail.com