सिन्धुपाल्चोक, २३ मंसिर – अस्थायी टहरोमा बसिरहेको बेला गत ३ असारको दिउँसो २ बजे लिस्तिकोट–३ मा १६ वर्षीया एक किशोरी बलात्कारको शिकार भइन् । गत ६ मंसिर मध्य दिनमै पांग्रेटार– ९ दुई किलोमा २९ वर्षीया अर्की युवती पनि आफन्तबाटै बलात्कारको शिकार भइन् ।
पीडित महिलाको उजुरीको आधारमा सोहि ठाउँका २३ वर्षीय गोविन्द नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । १० मंसिरमा किलउमा अर्की एक महिला बलात्कृत भइन् । टहरामा बसिरहेको बेला उनी सोही ठाउँका ७० वर्षीय सेते तामाङबाट बलात्कारको शिकार भएकी हुन् ।
भूकम्पपछि टहरोमा बस्दै आएका महिला तथा किशोरीहरुले भोगिरहेको कष्ट तथा पीडाका घटनाका प्रतिनिधि उदाहरणहरु मात्र हुन् यी । प्रहरी कार्यालयमा दिनहुँजसो यस्ता घटनाहरु आइरहन्छन् । तुलनात्मक रुपमा भूकम्पपछि जिल्लाका किशोरीहरु असुरक्षित बनेका छन् ।राजधानी
Previous Articleरियल मड्रिडले दुई गोलको अग्रता जोगाउन सकेन
Next Article विमान दुर्घटनामा ४८ यात्रुको मृत्यु