काठमाडौं, २३ मंसिर – मार्को रियुसको गोलको मदतमा बोरुसिया डर्टमुन्डले रियल मड्रिडसँग बराबरी खेलेको छ । र, च्याम्पियन्स लिगको समूह एफको विजेता बनेको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डले साविकको विजेतन रियल मड्रिडसँग २-२ को बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले २ गोलको अग्रता जोगाउन सकेन ।
२८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै अग्रता दिलाए । ५३ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । तर, बोरुसिया डर्टमुन्डले खेलमा पुनरागमन पर्यो । ६० औं मिनेटमा अमाबियाङले गोल गरे भने ८८ औं मिनेटमा रियुसले बराबरी गोल गरे । यो खेलसँगै बोरुसिया डर्टमुन्ड १४ अंकसहित समूह एफको विजेता बनेको छ भने रियल १२ अंकसहित उपविजेता रहृयो ।
Previous Articleइन्टरनेटमा चीनसँग सम्झौता,भारतको एकाधिकार तोडियो
Next Article भूकम्पले ध्वस्त बस्तीमा किशोरीहरु असुरक्षित