हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीले सदरमुकाम बेनीमा विद्यार्थीलाई वैदेशिक शिक्षा सम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले यही आउँदो शनिबार एक दिने एजुकेशन फेयर आयोजना गर्न लागेको छ । शैक्षिक परामर्श दिने अग्रणि संस्थाको पहिचान बनाएको एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीले वैदेशिक अध्ययनका लागि जाने बिद्यार्थीहरुको चाहनालाइ मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
यही २०८१ साउन २६ गते (२०२४अगष्ट १०) अर्थात आउने शनिबार बेनी बजारको बिरेन्द्रचोकमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड, दक्षिण कोरिया र यूरोपका बिभिन्न विश्वविद्यालयका बारेमा जानकारी दिइने एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सी म्याग्दी शाखाका प्रबन्धक जगत गैरले जानकारी दिनुभयो ।
एजुकेशन फेयरमा स्टाण्टन कलेजका नेपाल प्रमुख तिर्थराज जोशी र चेओङगन कलेजका चिप म्यानेजर आलोक बस्ताकोटीले शैक्षिक पद्धति र संस्थाहरू, शैक्षिक सुविधा,पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा विद्यार्थीले परामर्श दिनुहुने छ । म्याग्दी र पर्वतमा कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थी, क्याम्पसमा अध्ययनरत विद्यार्थीको चाहनालाइ मध्यनजर गर्दै आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुको उच्च सहभागिता रहने आयोजकले जनाएको छ ।
उच्च शिक्षाका लागि बिदेशलाइ शैक्षिक गन्तब्य बनाउने योजनामा रहेका विद्यार्थीलाई उक्त एजुकेशन फेयर फलदायी हुने भएकाले अवसरका रुपमा लिन सकिने एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीका सिड्नी शाखाका निर्देशक सुमन बानियाँले जानकारी दिनुभयो ।
एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीको बेनी, सिड्नीको रकडेल, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघिय राजधानी काठमाण्डौमा शाखा रहेको छ । अस्ट्रेलियाको पर्थमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले लामो समय देखि शैक्षिक परामर्शको काम गर्दै आएको छ । अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थी, नेपाली समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत यो संस्थाले राम्रो सँग शैक्षिक परामर्स दिने गरेको छ । एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीको बेनी शाखाले म्याग्दीमा शैक्षिक परार्मश सँगै विपन्न परिवारका छोराछोरीलाई शिक्षादीक्षामा समेत सहयोग गर्ने गरेको छ ।