अमृत बास्कुने
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमै सञ्चालित औषधिपसल तथा स्वास्थ्य सेवा दिने संस्थाहरु वर्षौं देखि मनोमानी तबरले सञ्चालनमा रहेका छन् । राज्यको निकायबाट पटकपटक अनुगमन गर्ने र सुझाब दिने गरेको भए पनि उनीहरुमो कुनै तात्विक फरक देखिएको छैन । पछिल्लो पटक स्वास्थ्य कार्यालय म्याग्दीले अनुगमन गर्दा भेटिएका समस्याहरु नै विगत लामो समय देखि देखिदै आएका समस्या हुन् । स्वास्थ्य कार्यालय म्याग्दीले अनुगमन गर्दा स्वास्थ्य संस्थाहरुमाा धेरै समस्या पाइएको भए पनि निश्चित सुधारका लागि निर्देशन गरिएको कार्यालयको भनाई छ ।
स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीको अगुवाइमा भएको अनुगमनमा बेनी अस्पतालका मेडिकिल अधिकृत डाक्टर रामु सापकोटा, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटा, बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, बेनी अस्पतालका फार्मेसी निरिक्षक आशीष श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोशनाथ शर्मा, जिल्ला प्रशासनका लिलाबहादुर चोखाल लगाय विभिन्न लायन एजेन्सीको टोलीले अनुगमनन गरेको थियो । समग्र अनुगमन पछि स्वास्थ्य संस्था सञ्चालन अनुमति, अनुगमन तथा सुपरीवेक्षणका लागि चेक लिष्ट प्रयोग गरी न्यूनतम मापदण्ड नपुगेको अवस्थामा सेवा मापदण्ड पु¥याउनका लागि समय प्रदान गर्ने निश्कर्ष निकालेको थियो । तर बेनी बजार क्षेत्रमा वर्षौं देखि सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अहिले सम्म पनि आवश्यक मापदण्ड समेत पुरा नगरी मानव स्वास्थ्य संग गरेको खेलवाडका विषयमा भने अनुगमन टोलीको ध्यान किन पुगेन ?
बजार क्षेत्रमा रहेका हरेक प्ररकारको ब्यापारीक प्रतिष्ठान्को अनुगमन त हुन्छन् तर तीनिहरुमा कुनै पनि प्रकारको सुधार देखिएको भने पाइदैन । तर पनि उनीहरुलाई हरेक पटक शुझाबै दिएर छाडिन्छ । स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले ब्यापारीहरुलाई शुझाब दिएर छाडेको बताउनुहुनछ । मापदण्ड पुरा नभएकालाई मापदण्ड पु¥याउन भनेको भए पनि कुनैपनि प्रकारको कार्वाही नगरेको उहाँको भनाई छ ।
स्वास्थ्य कार्यालय म्याग्दीले प्रदेश समानिकरण अन्तरगतको वार्षिक कार्यक्रम अनुसार बेनी बजार क्षेत्रमा रहेका औषधिपसलहरुमा २०८१ असार २६ गते अनुगमन गर्दा बेनी नगरपालिकाले २०७९ चैत ३० गते गरेको अनुगमनमा भेटेको भन्दा फरक खासै नभेटेको बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीको भनाई छ । उहाँ भन्नुहुन्छ पहिला जस्तो जनशक्ति सहित अनुगमनमा नगएको भए पनि अहिले खासै धेरै गहिरिएर हेरिएको थिएन तर पनि समस्या भने पहिलाको भन्दा खासै फरक देखिएन । पहिला दिएको शुझाब अनुसारको सुधार पनि देखिएको छैन ।
बेनीबजारमा औषधि पसलको अनुगमनलाई निरन्तरता दिने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीको भनाई छ । अहिलेको अनुगमन प्रतिवेदन अनुरुप सुधार भए नभएको एकिन गरेर थप अगाडी बढ्ने उहाँको भनाई छ । विगतमा पनि अनुगमन भएका र त्यो समयमा दिइएको निर्देशन समेत कार्यान्वयन नगरेको अवस्थामा भेटिएकालाई सुध्रिन १५ दिनको समय दिइएको र अब पनि सुधार नभएर आवश्यक कानुनी प्रकृयामा जाने उहाँको भनाई छ ।
यस पटक बेनी बजारका छ वटा औषधि पसलहरुमा अनुगमन गरिएको र आवश्यक निर्देशन दिइएको ठकुराठीको भनाई छ । अर्को अनुगमनमा पनि सुधार नभएको खण्डमा आवश्यक कार्वाही प्रकृया अगाडी बढाइने उहाँको धारणा थियो ।
बजारमा हरेक पटक अनुगमन गर्ने अनि सुधारका लागि शुझाब दिए पनि सुधारकाकेही पनि काम नभएको जस्तो अनुगमनले देखाएको छ । बेनीको न्यूरोडमा रहेको पाण्डे हेल्थ क्लीनिक एण्ड ल्याबमा गत वर्षको अनुगमनमा रिएजेन्टहरु नै एक्सपायर पाइएको थियो । त्यस्तै बिरामी जाँच्ने ठाउँ समेत व्यवस्थीत थिएन । अहिले पनि समस्याहरु खासै सुधार नभएको स्वास्थ्य कार्यालयको प्रतिवेदनले पनि देखाएको छ । बिरामीको दर्ता पुस्तीका नराख्नुका साथै ल्याबको चेक लिष्ट समेत पाण्डे हेल्थ क्लीनिक तथा ल्याबमा नदेखिएको नगरपालिकाको प्रतिबेदनमा थियो भने स्वास्थ्य कार्यालयको प्रतिबेदनमा पनि त्यसै सँग मिल्दोजुल्दो छ ।
युगल फार्मेसीले सेवा रजिष्टर व्यवस्थापन नगरेको नगरपालिका र स्वास्थ्य कार्यालयकै प्रतिबेदनमा देखिन्छ । त्यस्तै औषधि भण्डारणमा समेत खासै तदारुकता नदेखाइएको प्रतिबेदनहरुमा देखिन्छ । त्यसैगरी निलगिरी मेडिसिन सेन्टरमा म्याद गुज्रेका औषधि व्यवस्थीत नगरेको भन्ने दुवै पटकको प्रतिबेदनमा उल्लेख छ ।
आखिर स्वास्थ्य सेवा दिने संस्थाहरुले पुरा गर्नु पर्ने मापदण्ड पुरा किन गरेनन्? राज्यको निकायले खोज्नु पर्ने पक्कै होला । त्यस्तै उनीहरुले पटकपटक दिएको सुझाब टेरेनन भने गर्ने के? अनि अहिले सम्म जति अनुगमन हुँदा पनि एउटै शुझाब दिएको र त्यो पनि कार्यान्वयन नभएको अवस्थामा पनि सँधै अनुगमन र शुझाब मात्रै हो त?