काठमाडौँ, २२ मंसिर – आन्तरिक उडानतर्फको हवाई भाडा पछिल्लो ६ वर्षयताकै सस्तो भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार ९० देखि ३ सय १० रुपैयाँसम्म भाडा घटाएका छन् ।
पछिल्लो दुई महिनायता वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणको संयुक्त कार्यदलले मंगलबार दोस्रोपटक भाडा समायोजन गरेको हो । यो समायोजनसँगै हवाई भाडा पछिल्लो ६ वर्षयताकै कम भएको वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए
।