जाजरकोट,२१ मंसिर – प्रहरीले जिल्ला शिक्षा कार्यालय जाजरकोटको गाडीबाट गोली बरामद गरेको छ । प्रहरीले शिक्षा कार्यालयको बा २ झ १००५ नम्बरको सेतो प्लेटको जीपबाट २ सय ५ थान इन्सास राइफल तथा एसएलआरको गोली र ९ थान म्याग्जीन बरामद गरेको हो । प्रहरीले गाडीका चालक लालबहादुर खड्का सहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
छिन्चु जाजरकोटको छेडा बजारमा कार्यालयको गाडी चेकजाँच गर्दा उक्त गाडीमा झोलामा लुकाई राखेको गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य, झाप्रा श्रोत केन्द्रका श्रोत ब्यक्ति भक्तबहादुर मल्ल र लुहादह श्रोत केन्द्रका श्रोतब्यक्ति टेकबहादुर थापालाई विद्यालय अनुगमन तथा निरीक्षणका लागि दशेराको थलह बजारमा छाडेर फर्केको सरकारी जीपलाई छेडा प्रहरी चौकीमा चेकजाँच गर्ने क्रममा गोली फेला परेको हो ।
प्रारम्भिक अनुसन्धन अनुसार साल्माको खाराबाट गाडीमा चढेका ७ जना अपरिचत ब्यक्ति मध्येकाले उक्त गोली लुकाई छिपाई ल्याएको हुन सक्ने प्रहरी निरीक्षक बोहराले बताए । सरकारी सवारी साधन जथाभावी संचालन गर्ने र जो पायो त्यसलाई ओसारपसार गर्दा यस्तो समस्या भएको उनले बताए ।
Previous Articleआज दिउसो वुटवल वन्दको नेतृत्व गरेका उपाध्यक्षमाथि गोली प्रहार
Next Article दुर्गम गाऊमा मकै भण्डारण गर्ने काइदा ।