माधव ढुंगाना
बुटवल, २१ मंसिर – आज (मंगलवार) दिउसोको वुटवल वन्दको नेतृत्व गरेका सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी कुलप्रसाद न्यौपानेमाथि केहीबेरअघि साँझ गोली प्रहार गरि हत्या प्रयास गरिएको छ ।
घटना लगत्तै गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीका एसपी रवीन्द्र धानुकले गोली प्रहार गर्ने व्यक्तिलाई लुम्बिनी रोड क्षेत्रबाट हतियार सहित पक्राउ गरि प्रहरी कार्यालयतर्फ ल्याउँदै गरेको जानकारी दिए ।
उक्त व्यक्तिको नाम ठेगाना र गोली प्रहार गर्नुको कारणबारे सोधखोज भइरहेको एसपी धानुकले बताए । सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डिस्थित आफ्नै घरमा रहेको पसलमा न्यौपानेलाई उक्त व्यक्तिले नजिकैबाट गोली प्रहार गरेको भएपनि गोली उनीमाथि नलागेकाले न्यौपाने सकुशल छन् ।
आफू पसलमा पत्रिका पढेर बसिरहेको बेलामा एकजना अपरिचित व्यक्ति अचानक पसलमा आएर २–३ मिटर नजिकैबाट गोली प्रहार गरेर भागेको न्यौपानेले बताए उनले भने, ‘गोली नलागेकाले सकुशल छु। ‘
आज दिउँसो प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला अलग्याउने गरि संसदमा लगिएको संविधान संशोधन प्रस्तावको बिरोधमा आज सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा भैरहवामा बिशाल र्याली सम्पन्न भएको थियो ।
आज दिउसो वुटवल वन्दको नेतृत्व गरेका उपाध्यक्षमाथि गोली प्रहार
Previous Articleरुपन्देही, कपिलबस्तु र अर्घाखाँची बन्द फिर्ता
Next Article शिक्षा कार्यालयको गाडीबाट गोली बरामद