सन्तोष कटुवाल
ओमनमा रोजगारीको सिलसिलामा रहनु भएका उमर खानले चुलेसी नामक गीत बजारमा ल्याउनु भएकोमा यसपालि मौलिकता बोकेको गीत भाले बास्नाले बोलको गितको म्युजिक भिडियो छायांकन गर्नुभएको छ । म्युजिक भिडियोको सुटिङ ओमानमा सम्पन्न भइसकेको उहाँले जानकारी गराउनु भएको छ । भाले बास्नाले नामक गीतमा सूर्य गुरुङ तथा उमा गुरुङले अभिनय गर्नुभएको छ । सर्जक उमर खानले यसपटकको गितमा निर्देशन पनि आफै गर्नुभएको छ । क्यामरामा आफ्नो भुमिका निभाउँदै आउनुभएका सन्तोष कटुवालले उक्त गीतको छायांकन गर्नुभएको छ । यसपालि तमु समाज ओमान परिवारबाट धेरै साथ सपोर्ट पाएको जानकारी गराउनु भएका उमर खानले तमु समाज ओमन परिवारले गित संगितलाइ माथी पुगाउनका लागि बिशेष भुमिका खेलेको बताउनुभयो ।




