नेपाल कम्युनिष्ट पार्टी (एमाले)बेनी नगर कमिटीको दोश्रो अधिवेसनको उद्घाटन राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुहुँदै छ । नेकपा एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीका अनुसार अधिवेशनको आन्तरीक तथा बाह्य तयारी सबै तयारी पुरा भएको छ ।
राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका लागि जिल्ला समन्वय समितिको सभाहल म्यानेज गर्नुका साथै ध्वजापतकाले सिंगार्ने काम पनि सकिएको छ ।
नेकपा एमालेको बेनी नगरकमिटी अधिवेशनका लागि आर्थिक संकलन, प्रतिनिधि चयन तथा प्रतिबेदन तयारीको काम पुरा भएको अध्यक्ष जिसीले बताउनुभयो । बेनी नगरपालिकाले अतिथिहरुलाई पत्राचार गर्नुका साथै आउने सबै पाहुनाहरुलाई पत्राचार सँगै फोनबाट पनि सम्झाउने काम भएको उहाँकोभ नाई छ ।
अधिवेशनलाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्नका लागि हामीले कुनै पनि कसर बाँकी राख्दैनौं, पार्टीको सदस्य तथा शुभचिन्तकहरुले अधिवेशनलाई सफल बनाउनका लागि आ–आफ्नो ठाउँबाट प्रयास गरी रहेको उहाँको भनाई छ ।