पर्वत, २० मंसिर – जेसिज पर्वतको २० औ अधिबेशन तथा २१ औ साधारणसभाबाट अध्यक्ष पदमा प्रेम गुरुङ (अशोक) निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिमा कार्यकारीणी उपाध्यक्षमा सुमन श्रेष्ठ तथा उषा चापागाई निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा हिमाल केसी, सहसचिवमा सन्दीपमान श्रेष्ठ र कानुनी सल्लाहाकारमा शिबप्रसाद सुवेदी निर्वाचित भएका छन्भने उपाध्यक्षहरुमा गणेश पौडेल जयदुर्गे, मञ्जु सिलाकार श्रेष्ठ, गणेश पौडेल र राजेश शर्मा निर्वाचित भएका छन् । निर्देशकमा अत्युुत पौडेल निर्वाचित भएका छन् । यसअघि अधिबेशन तथा साधारणसभाको पर्वत जेसिजका संस्थापक महासचिब एबम् पुर्ब राष्ट्रिय उपाध्यक्ष बसन्तकुमार कर्माचार्यले उद्घाटन गरे ।
अधिबेशनको उद्घाटन गर्दै कर्माचार्यले जेसिजले बिधीको शासनको पक्षमा आफुँलाई सधै उभ्याएको बताए । उनले पर्वत जेसिज जिल्लाको अग्रणी सामाजिक संस्था भएको बताउँदै नेतृत्व र ब्यक्तित्व बिकासका लागि धेरै युवाहरुलाई जेसिजमा आकर्षित गर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले युवाहरुका बिचमा लोकप्रिय संगठनको रुपमा स्थापित गर्न जेसिजले अझै धेरै रचानात्मक कार्यक्रम सञ्चालन गर्न सुझाब दिए ।
उक्त अवसरमा पर्वत जेसिज अध्यक्षीय क्लबका अध्यक्ष ठाकुर बि पौडेल, पर्वत जेसिज बोर्ड अफ ट्रस्टीजका अध्यक्ष बिषमकुमार श्रेष्ठ, पर्वत जेसिज तालिम प्रतिष्ठानका अध्यक्ष लेखनाथ उपाध्याय, मानार्थ सदस्य बसन्तकुमार सिके, अधिबेशन निर्देशक तथा पुर्वअध्यक्ष बद्रीनारायण पौडेल, मञ्जु सिलाकारले शुभकामना दिएका थिए ।
पर्वत जेसिज बर्ष २०१६ का अध्यक्ष राजनकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मिलन पौडेलले गरेका थिए भने सञ्चालन महासचिब सुमन श्रेष्ठले गरेका थिए ।