बागलुङ, २० मंसिर – धौलागिरिको एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पस बागलुङको प्रमुखमा पुनः रामप्रसाद उपाध्याय चयन भएका छन् ।
२०६४ साल मंसीर १७ गतेदेखि २०६८ साल मंसिर १६ गतेसम्म सफल क्याम्पस प्रमुखको कार्यभार सम्हाली सकेका उपाध्याय आगामी ४ बर्षसम्मका लागि प्रमुखको रुपमा चयन भएका हुन् ।
त्रिभुवन बिश्व बिद्यालय कार्यकारी परिषदको निर्णय बमोजिम सह–प्रध्यापकको रुपमा रहेका उपाध्यायलाई प्रमुखको रुपमा चयन गरिएको बताइएको छ । उपाध्यायले सोमबार पदभार ग्रहण गर्ने क्याम्पसका नेपाली बिषय शिक्षण सहायक हरिप्रसाद पाण्डेयले बताए ।
२०६८ सालदेखि क्याम्पस प्रमुखको रुपमा आनन्दप्रसाद शिलवालले साढे ४ बर्ष र त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि गोविन्दराज गौतमले करिव ४ महिना तथा इश्वरीप्रसाद कँडेलले ३ महिना क्याम्पस प्रमुखको कार्यभार सम्हालेका थिए ।