==================
झुसिली थियौ,
रसिली रहिछौ नि,
पखेरू बारी,
कालीको केसजस्तै,
लम्वेतान लहरा ।
भक्किम्ली डॉंडा,
किवीले ढाकिने भो,
२-४ बर्षमा,
कर्मगर गॉंउले,
सिंगारिने छ बस्ती ।
आँखै अगाडी,
बटारिएर गयौ,
रोक्नै सकिन,
पर पर्खिराख है !
मनकी महारानी ।
पंक्षिहरू त,
उडेरै सकिएछन्,
किवीको चारो,
छर्देउ है साथी हो,
गॉंउफर्कि आउलान् ।
कहिले हुरी,
असिना र बतास,
नमान्नु पिर,
जुनतारा हेर त !
घामपानी जिन्दगी ।
-आत्रेय पद्म
भक्किम्ली, म्याग्दी (गण्डकी)
२०८०/१०/०९