रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ पोखरेबगर स्थीत रहेको रातोपानी कुण्डलाई फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।
बेनी नगरपालिकाकी निवर्तमान उपप्रमुख एवम् सिनिएर एजेन्सि म्यानेजर सञ्जु बरुवाल, एमडिआरटी कल्पना बरुवाल तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले अन्नपुर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्कालाई डस्टबिन हस्तान्तरण गर्नुभएको हो । रातोपानी कुण्डमा आउने व्यक्तिहरुबाट उत्पन्न हुन सक्ने फोहोर व्यवस्थापन गर्न सहज होस भनेर उक्त सामग्री हस्तान्तरण गरिएको एरिया म्यानेजर घिमिरेले बताउनु भयो ।
सामग्री हस्तान्तरण गर्दै एरिया म्यानेजर घिमिरेले इन्स्योरेन्सको तर्फबाट गरेको सहयोगको सहि सदुपयोग हुने र स्वच्छता कायम राख्नमा मद्दत पुग्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधिका साथै कुण्ड व्यवस्थापन समितिका पदाधिकारी एवम् स्थानीयको उपस्थिति रहेको थियो ।