म्याग्दीको बेनी नगरपालिकाले १४ औं नगर अधिवेशनबाट एक करोड ६० लाख भन्दा बढी बजेट थप गर्दै बार्षिक बजेट संसोधन गरेको छ ।
बिहीबार भएको नगरपालिकाको १४ औं अधिवेशनले आर्थिक वर्ष २०८०÷०८१ को लागि गत असार १० गते भएको नगरसभाबाट पारित भएको बजेट संसोधन सहित पारीत गरेको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो । नगरसभाले २७ वटा नयाँ योजनाहरु थप गरेको छ भने ३७ वटा योजनाहरुको बजेट संसोधन गरेको छ ।
नगरसभामा उपप्रमुख ज्योति लामिछानेले चालु आर्थिक वर्षको कुल बजेटमा चालु तर्फ २१ करोड ५० लाख ९७ हजार रुपियाँ खर्च भएको र पुजिगत तर्फ तीन करोड ५० लाख ८३ हजार तीन सय ९३ रुपियाँ खर्च भएको बताउनु भएको थियो । चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा बेनी नगरपालिकाको कुल बजेटको चालु तर्फ ४० दशमलब ५८ र पुजिगत तर्फ १९ दशमलब ५७ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनु भएको थियो ।
नगरपालिकाको गत असार १० गते भएको नगरसभाले चालु तर्फ ५२ करोड ९७ लाख १५ हजार र पुँजीगत तर्फ १७ करोड ९२ लाख ८५ हजार गरी कुल ७० करोड ८९ लाखको बजेट पारीत गरेको थियो । उक्त बजेटमा १४ औं नगरसभा मार्फत संसोधन गरी चालु तर्फ ५३ करोड एक लाख १५ हजार र पुजीगत तर्फ १९ करोड ४८ लाख ६५ हजार गरी कुल ७२ करोड ४९ लाख ८० हजार हुने गरी संसोधन गरेको हो ।
नगरसभाले बेनी बजार नजिकैको पर्यटकीय स्थल लभ्लीहिल जाने सडक मर्मतका लागि १५ लाख, बेनी बजारको खुल्लामञ्चका लागि १५ लाखको नयाँ योजना थपेको छ । त्यस्तै पशु बिमाका लागि पनि बजेट ब्यवस्था गरेको प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको नगरसभाबाट २७ नयाँ र ३७ वटा योजना संसोधन सहित ६४ योजनाका लागि बजेट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
हिउदे अधिवेसन मार्फत् बेनी नगरपालिकाले एक करोड ६० लाख बढी थप्यो बजेट
Previous Articleबहिरा बिद्यार्थीलाई चिसो समयमा न्यानो कपडा
Next Article बेनी नगरपालिकाद्वारा कर्मचारी र शिक्षकलाई सम्मान