बागलुङ, १९ मंसिर – अपांगलाइ हेलाहा गर्ने चलन हाम्रो समाजमा बढीनै छ । काम र पैसा आउने भएमात्र सम्मान गर्ने नत्र दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिंदा अपांगहरु पिडामा छन् ।
यस्तै पिडा खेपेकी छिन्, बोबाङकी २१ बर्षिय झ्यांक्रि विकले । विद्यालय जाने उमेर छउन्जेल मेलापात र घा“स दाउरामा विताउन बाध्य झण्डै ६ बर्ष देखि पिढीको डिलमा कुंजिएर बस्न बाध्य छिन् ।
विद्यालय उमेरमा कामको लोभले अभिभावकले स्कुल पठाएनन्, बरु सधै कामको प्रसंसा गर्दै भारी बोक्न पठाए । बोबाङ २ की विकको जीवनमा अनौठो दुर्घटना आइपरेपछि कु“जीएर एक्लै बस्न बाध्य भएकी छिन् ।
घा“सको भारी बोकेर घर फर्कदैं गर्दा ६ बर्ष अघि झस्केर लडेकी विक घटनाको भोलीपल्ट देखि अपांग भइन् । घटनाले उनको दुवै खुट्टा नचल्ने बनाइदिएको छ । काम गर्न नसक्ने भएपछि बाबु र सौतेनी आमाले खान लाउन पनि दिन छाडेका छन् । अस्थायी बस्ती रहेको बोवाङबासी फागुन देखि ढोरपाटन र बुकी लगायतको लेकमा बसाइ सर्छन् र उतै पशुपालन गरेर कात्तिक सम्म विताउ“छन् । यता ती युवती भने एक्लै पालीमा बस्न बाध्य भएकी हुन् । फर्केको बेलामा पनि भित्र पस्न नदिएको उनले गुनासो गरिन् । ‘घरको ताला लगाएर सबै परिवार निस्कन्छन्’ पानी ल्याइदिने पनि कोही छैन’ विकले भनिन्,‘घरमा भएको समयमा पनि परिवारमा नराखी पालीमा बसालेका हुन्, काम गरिञ्जेल मात्र आफ्नो हुने रहेछ, अहिले कसैले हेर्दैन ।’ पानी खान नपाएर बाटो हिड्नेलाइ मागेर खाने गरेको उनले गुनासो गरिन् ।
आमाको मृत्यु भएकोले बाबु प्रेमबहादुरले दोश्रो विवाह गरेपछि उनी हेलाहामा पर्दै आएकी थिइन् । अपांग भएपछि कमाइ गरिदिने तथा काम गरिदिने अवस्था नभएपछि घरमा बस्न, खान समेत नदिएका हुन् । ‘खान, लाउन समेत नदिएपछि मागेर खान बाध्य छु’ विकले भनिन्,‘यस्ती मान्छेले के गरेर निर्वाह गरौं, मर्नपनि सकिन ।’ समय समयमा बाबुले कुटपिट समेत गरेको उनले गुनासो गरिन् । घा“सको भारी लिएर आउ“दा छाया“ जस्तो बस्तु अगाडी देखेको र घरमा आएपछि विरामी परेको उनले स्मरण गरिन् । सामान्य विरामी भएर सुतेकी विक भोलीपल्ट विहान उठ्न नसक्ने भएकी थिइन् । सामान्य झारफुक बाहेक परिवारले उपचारका लागि केही पनि सहयोग नगरेको उनले गुनासो गरिन् ।
अहिले सम्म उनले अपांग परिचयपत्र पनि पाएकी छैनन् । गाउ“ अपांग संजालले उनलाइ अपांगको कोटामा राखेपनि परिचयपत्र लिनका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । सदरमुकाम देखि ३६ कोष पश्चिममा पर्ने भएकोले आउजाउमा कठिनाइ छ । सहज यातायातको व्यवस्था नभएकोले दुइ दिन लगाएर बोकिएर जानुपर्ने भएपछि उनले परिचयपत्र पनि पाउन नसकेको गाउ“ अपांग संजालकी अध्यक्ष हुममाया अदैले बताइन् । परिचयपत्र भएमा उपचार तथा स्वास्थ्य सेवामा सहुलियत पाउने व्यवस्था छ भने स्वास्थ्य सेवाको पहु“चमा पुगेमा हिल चियर वा अन्य सहयोगी सामाग्री पाउन सक्ने उनले बताइन् । विकले भने अहिले सम्म सामान्य लेखपढ गर्न पनि नजानेकोले शिपमुलक तालिम लिएर हिल चियर चल्ने स्थानमा आयआर्जनको काम गर्न चाहेको बताइन् । ‘अपहेलित भएर घरमा बस्न समेत नपाएपछि व्यवसाय गरेर अन्यत्रै बस्न पनि तयार छु’ विकले भनिन्,‘सहयोगी सामाग्री र शिप पाएमा आत्मनिर्भर भएर बस्न सक्ने विश्वास छ ।’ स्वास्थ्य संस्थामा जचाउ“न पाएमा निको हुने विश्वास समेत उनले गरिन् । निको भएमा साधारण भएर, नभएपनि शिप सिकेर बस्ने उनले इच्छा राखेकी छिन् ।