बागलुङ, १९ मंसिर – एकता सहकारी संस्था लिमिटेड बागलुङको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनपछि बोल्दै सहकारीका संरक्षक देवबहादुर श्रेष्ठले सहकारीको लागि सरकारले चाँडोभन्दा चाँडो सहकारी ऐन ल्याउनुपर्ने बताएका थिए ।
उनले विश्वमा पहिलोपटक दुःख पाएका जनताहरुले सहकारीको स्थापना गरेको बताउँदै सहकारीहरुले नागरिकहरुलाई आयमुलक कार्यमा लाग्न सहयोग प¥याउनुपर्ने बताएका थिए । कार्यक्रमममा सहकारीका संरक्षक पद्मचन्द्र राजभण्डारी, उद्योग वाणिज्य संघ बागलुङका कार्यवहाक अध्यक्ष युवराज राजभण्डारी, पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, जिल्ला सहकारी संघ बागलुङका सदस्य अञ्जु जिसी, जिल्ला वचत तथा ऋण सहकारी संघकी कोषाध्यक्ष प्रमिला राजभण्डारी र सहकारीका पूर्व प्रबन्धक कृष्ण प्रसाद शाक्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले साधारणसभाको अवसरमा आफ्ना पूर्व प्रबन्धक कृष्ण प्रसाद शाक्य, विश्वविद्यालय (केयु) को एमबिबिएसमा लुम्बिनी मेडिकल कलेज पाल्पाबाट परीक्षामा सम्मेलित भई सर्वोत्कृष्ट अंक ल्याउन सफल प्रनिता राजभण्डारी र सहकारीले उत्कृष्ट कायरोबार गरेको भन्दै शेयर सदस्य शान्ती केसी, गुणनीति शर्मा, विक्रमप्रसाद शाक्य र संगम आचार्यलाई सम्मान गरिएको थियो । यस्तै २०७२ सालको उच्च माध्यमिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल शेयर सदस्य विरबहादुर किसानकी छोरी सलीना किसान, गुरुप्रसाद सापकोटाकी छोरी विना सापकोटा र रुद्र बहादुर महतका छोरा सुमन महतलाई रु. २ हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
सहकारीले आर्थिक वर्ष २०७३÷०७३ सम्ममा ९९ करोड ८३ लाख २८ हजार ६ सय ३१ रुपैयाँको कारोबार गरेको सहकारीका कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीले प्रकाशित गरिेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभामा सहकारीका सचिव महेशचन्द्र प्रधानले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका ध्रुव प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उद्घाटन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष सीतमा शर्मा र कार्यक्रमको संचालन सचिव महेशचन्द्र प्रधानले गरेका थिए ।
भुपु सैनिकको साधारण सभा तथा अधिवेशन
बागलुङ/भु.पु. सैनिक सहकारी संस्था लिमिटेड बागलुङको सातौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उदघाटनपछि बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले ऋण लगानी र असुलीमा सहकारीले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।
उनले सहकारीमा आवद्ध सम्पुर्ण सेयर सदस्य एक आपसमा मिलेर सहकारीलाई उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए । सहकारीले हालसम्म १२ करोड ४२ लाख १८ हजार ६ सय १५ रुपैयाँको कारोवार गरेको कोषाध्यक्ष नर बहादुर चर्मकारले आर्थिक प्रतिवेदन मार्फत जानकारी दिएका छन् ।
कार्यक्रममा उत्कृष्ट ऋणी, बचत कर्ता, ज्येष्ठ नागरिक, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको सचिव सीतादेवी सुवेदी थापाले जानकारी दिइन् । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष भिमबहादुर केसी, भुपु सेनिक संस्थाका अध्यक्ष मेजर तेजबहादुर खत्री, कोषाध्यक्ष गुमा छन्त्याल, सहकारीका सल्लाहकार क्याप्टेन हर्क थापा, सदस्य जगन्नाथ कँडेल, संस्थाका उपाध्यक्ष रबबहादुर पुन, खड्ककुमारी खडका, शिवलाल उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत उपाध्यक्ष सम्मरबहादुर खत्री र संचालन सचिव सीतादेवी सुवेदी थापा र संयोजक कृष्णबहादुर केसीले गरेका थिए । सहकारीको तेस्रो साधारण सभाले हरिबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
सहकारीको उपाध्यक्ष हर्कबहादुर थापा, सचिव सीतादेवी सुवेदी थापा, सहसचिव लक्ष्मी खड्का, कोषाध्यक्ष नरबहादुर चर्मकार चयन भएका छन्् । त्यस्तै सदस्यहरुमा खडकबहादुर रोका, रामकाजी भण्डारी, भिमबहादुर थापा, तोरणढोज मल्ल मेघा थापा क्षेत्री, बुद्धिमाया बोसेल थापा, चक्रबहादुर थापा क्षेत्री,कुमारी क्षेत्री, गुप्तबहादुर केसी, हेमेन्द्र शर्मा रहेका छन् ।
साधारणसभाले समितिको लेखा संयोजक कृष्ण बहादुर केसी, ऋण उपसमिति संयोजक खडक रोका, शिक्षा उपसमिति संयोजक गोविन्द शर्मा रहेको सचिव सीतादेवी सुवेदी थापाले जानकारी दिइन ।
Previous Article१९ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article अपाङ्ग भएपछि पिढीको डिलमा बास