सहकारी संस्थाको भगवान भनेकै आफ्नै संस्थाका शेयर सदस्यहरु रहेको गण्डकी प्रदेश सदस्य बिमला गौचनले बताउनुभएको छ ।
नारी जागृति महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य गौचनले उक्त कुरा बताउनुभएको हो । उहाँले सहकारी संस्थाको प्रगती तथा उन्नतीका लागि सदस्यहरुकै भूमिका महत्वपूर्ण हुने भएकाले सदस्यहरु नै भगवान जस्तै भएकोले संस्थाले अरु नभएर सदस्यको पुजा गर्नु पर्ने तर्क गर्नुभयो । पछिल्लो समय सहकारी खोले पछि नाफा नगरेर हुन्छ भन्नेहरु पनि रहेको तर्फ इंगीत गर्दै उहाँले भन्नुभयो–‘नाफा भन्दा पनि संस्थाको दिगोपन तर्फ सोच्दै सदस्यको जीवनस्तर उकास्न तर्फ सञ्चालन समितिले ध्यान दिनु पर्छ ।’ सहकारीले सदस्यको जीवनस्तर उकास्न सोच्ने हो नाफा कमाउने सहकारीमा होइन ।
महिलाहरुलाई अगाडी बढाउनका लागि नै म आफैले पाँच दश रुपियाँ जम्मा गर्दै सदस्य जोडेर स्थापना गरेको संस्था भएकाले पनि यसको मलाई धेरै मायाँ लाग्छ सांसद गौचनको धारणा थियो । अहिले सम्मको अवस्था मात्रै हेर्ने हो भने पनि महिलाहरुलाई अगाडी बढाउनका लागि नारी जागृतिले धेरै ठूलो भूमिका खेलेको छ ।
संस्थाकी अध्यक्ष चीना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलकुमारी बिटालुको स्वागत तथा सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष जमुना पुन पुर्जाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
हाल सम्म कुल पाँच सय छ जना शेयर सदस्य रहेको संस्थाको कुल शेयर पुँजी ९४ लाख ७५ हजार नौ सय रुपियाँ रहेको छ । संस्थामा दुई सय १० जना शेयर सदस्यको शेयर रकम एक हजार भन्दा कम रहेको अध्यक्ष चिना बानियाँले जानकारी दिनुभयो । संस्थाले एक करोड ५९ लाख ५१ हजार छ सय २३ रुपैंया ऋण लगानी गरेको छ ।
Previous Articleम्याग्दी जेसीजको वर्ष २०२४ को अध्यक्षमा दिनेश बानियाँ
Next Article रिलायबलको धौलागिरी एरियाबाट तीन जना एमडिआरटी हुन सफल