बागलुङ, १९ मंसिर – २५ औँ अन्तराष्ट्रिय अपाङगता दिवस बागलुङमा विविध कार्यक्रम गरी मनाइएको छ । अपाङगता भएका व्यक्तिहरुको जिल्ला सञ्जाल बागलुङको आयोजनामा शनिबार ¥यालीसहित एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
दिवसको अवसरमा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले राज्यका हरेक तहमा अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गर्नुपर्ने भन्दै जिविसको मातहतमा रहेर गर्नुपर्ने काम प्राथमिकता दिएर गर्ने बताए । उनले अपाङगता भएका व्यक्तिहरुले पनि विकास निर्माणमा काम गर्न सक्ने भएकाले उनीहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका उमेश गौतम, नेकपा एमालेका श्रीप्रसाद शर्मा, राप्रपाका शैलेन्द्र श्रेष्ठ, गैसस महासंघका मुक्तिराम सापकोटा, नेत्रहित संघ बागलुङका अध्यक्ष कुमार पुन, अपाङगता सरोकार संघ बागलुङका उपाध्यक्ष चिजा थापा, बहिरा संघका सचिव लवकुश शर्मा, श्रवण दृष्टिविहिन समुह बागलुङका उपसंयोजक हरि केसी, उपभोक्ता मञ्च बागलुङका सदस्य भक्तबहादुर बिक, आईएनएफ नेपालका संयोजक ज्ञानेन्द्र त्रिपाठी, विशेष बाल कक्षाका प्रअ युक्तजंग राजभण्डारी, भुपु शिक्षक बसन्तजंग राजभण्डारीले मन्तव्य राखेका थिए ।
सञ्जालका उपाध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत रोशनी थापा र संचालन सहसचिव गुञ्जबहादुर खत्रीले गरेका थिए ।
Previous Articleएमाले र मोर्चाले आफ्नो हठ छाड्नुपर्छः महत
Next Article सर्वदलिय सरकारमार्फत निर्वाचन