बागलुङ, १८ मंसिर – प्याव्सन बागलुङको आयोजनामा बिहीवारदेखि संचालित दास्रो प्याव्सन स्पोर्ट मिट शनिबार सम्पन्न भएको छ ।
प्याव्यसन बागलुङमा आवद्ध ८ बिद्यालयहरुका बिचमा संचालित बिविध प्रतिस्पर्धा अन्तरगत भलिवलको उपाधि चिल्ड्रेन लाइफ बोडिङ स्कुलले जितेको छ । शनिबार भएको फाइनल खेलमा युएस एकेडेमीलाई पराजित गर्दै चिल्ड्रेन लाईफले उपाधि जितेको हो ।
यस्तै छात्र हाइजम्पतर्फ न्यु एभरेष्ट एकेडेमीका सुनिल नेपाली प्रथम, अमर आदर्श आवसिय माविका सुनिल काउचा द्धितीय र अमृत आदर्श अवासिय माविका सन्देश माझी तृतीय भएको प्याव्सनका सह–सचिव दलबहादुर थापाले जानकारी दिए । ८ मिटर दौड छात्रतर्फ सुनिल जिसी प्रथम, बिदुर नेपाली द्धितीय र दिलीप कडेल तृतीय भएका छन्भने २ सय मिटर दौडतर्फ सन्देश छन्त्याल प्रथम, दिवस बुढाथोकी द्धितीय र सन्देश माझी तृतीय भएको सह–सचिव थापाले जानकारी दिए ।
छात्रातर्फ समिक्षा खड्का प्रथम, सोनीया परियार द्धितीय र सवीना खड्का तृतीय भएका छन् । समापन कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य बिजयराज पन्त, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ आचार्य र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले मन्तव्य व्यक्त गरेका थिए । त्रिदिवसीय कार्यक्रम अन्तरगत छात्र भलिवल, १५ सय मिटर छात्र, ८ सय, ४ सय, २ सय र १ सय मिटर छात्रछात्रा दौड, लङजम्प, हाईजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो र सटफुट प्रतियोगिता सम्पन्न भएको प्याव्सन बागलुङका अध्यक्ष नवराज श्रेष्ठले बताए ।
प्याव्सन बागलुङका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा स्वागत उपाध्यक्ष रवि पौडेल र संचालन प्यावसनका सह–सचिव दलबहादुर थापाले गरेका थिए ।
Previous Article२०७३ मंसिर १९ गते आईतबारको राशिफल
Next Article बुर्तिवाङमा तेक्वान्दो प्रतियोगिता शुरु