गएको असोज १६ गते घर माथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रुपमा क्षती भएर बिस्थापित भएका शेरबहादुर दमैको परिवारलाई अमेरिकामा रहेका बरंजाका बासिन्दाहरुले आर्थिक सहयोग गर्नुभएको छ ।
साविकको बरंजा गाविस(हाल मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दाहरुले अमेरिकामा आर्थिक संकलन गरेर उपलब्ध गराएको एक लाख ६८ हजार पाँच सय रुपियाँ हस्तान्तरण गरिएको हो । घर माथिबाट पहिरो आउँदा मानिस बाहेका सबै पूर्ण रुपमा नष्ट भएर बिस्थापित बनेका दमैका परिवारलाई उक्त रकम मंगला गाउँपालिका ३ का वडा अध्यक्ष यामबहादुर रोका लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको महेन्द्ररत्न आधारभुत विद्यालयका प्रधानाध्यापक चित्र रोकाले बताउनुभयो । साविकको बरंजा गाविस घर भै रोजगारी तथा अन्य शिलशिलामा अमेरिका पुगेका २३ जनाले उक्त रकम संकलन गरेर पठाउनु भएको थियो त्यसलाई हामीले हस्तान्तरण गरेका हौं रोकाले जानकारी दिनुभयो ।
बरंजाको खानीगाउँका चीनबहादुर छन्त्याल, शेरवहादुर छन्त्याल, खगेन्द्र बिक, सुजल छन्त्यालले दशदश हजार रुपियाँ सहयोग गर्नुभएको थियो त्यसैगरी अन्य १९ जनाले जनही छ हजार सात सय ३२ रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउनु भएको हो । अन्य सहयोगी दाताहरुमा आर्कुलीका भीमबहादुर बुढाथोकी, थर्पुगाउँका सन्दिप घर्ती, आक्षेगौडका मनप्रसाद रोका, तातोपानीका कुल रोका, झाँक्रीपानीका हर्कबहादर रोका, पखेरका दिपक रोका, बहनाका सोमबहादुर बुढाथोकी, आर्भाङका दुधबहादुर रोका, मन थापा, बिस्मोरका टेक रोका(नारायण), सोल्धाराका मतिप्रसाद घर्ती, थर्पुगाउँका जगत गर्ती, आर्भाङका थमस रोका, प्यालाका हर्कबहादुर रोका, भरजुलाका याममायाँ शेरपुञ्जा, अर्भेलेङका शिव रोका, सातबिसेका सन्तोष खड्का, दुर्दिका कर्णबहादुररोका र आर्भाङका करण बुढाथोकीले आर्थिक सहयोग गर्नुभएको थियो ।