बागलुङ, १८ मंसिर – केन्द्रीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकीकरण भएपछि जिल्लामा पनि यो क्रम शुरु भएको छ ।
शुक्रवार एक कार्यक्रममो अयाोजना गरेर दुइ पार्टीले जिल्ला घोषणा सभा आयोजना गरेका छन् । जिल्लामा छुट्टै अस्तित्वमा रहेका दुइ पार्टीका पदाधिकारी, केन्द्रीय पर्यवेक्षक र केन्द्रीय सदस्यहरु समेत रहेको भेलामा पदाधिकारी र सदस्य घोषणा गरिएको हो । एकीकरण पछि टिकाराम सापकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी चयन भएको घोषणा गरियो । एकीकृत पार्टीको नाम राप्रपा मात्र राखिएको छ ।
एकीकरण पार्टीको सह अध्यक्षमा नविनचन्द्र सर्बुजा, उपाध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठ र रणबहादुर बोहरा, सचिवमा हेमराज पन्त, कोषाध्यक्षमा उमेश राजभण्डारी रहेका छन् । सहसचिवमा सुनिता श्रेष्ठ र प्रशान्त पौडेल रहेको बताइएको छ । उक्त अवसरमा पूर्व राज्य मन्त्री भीमप्रसाद गौचनले दुइ पार्टीको एकीकरणले राष्ट्रियता, प्रजातन्त्र र हिन्दु राष्ट्र चाहनेहरुको एकीकरण भएको बताए । उनले देशको नेतृत्व अव राप्रपाको हातमा जाने संकेत आएको पनि दावी गरे । साथै उनले पार्टीमा आँफूलाइ पद नभइ एकीकरण र देशको विकासमा लागेको देख्न चाहेको धारणा राखे ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष भैसकेका पर्यवेक्षक दिलविकास राजभण्डारीले पनि राप्रपाको नयाँ गठनले देशको राजनीतिमा चौथो शक्तिको रुपमा नयाँ तरंग आएको बताए । अहिलेका ठूला तीन दलले आफ्नो बहुमतको भार थेग्न नसकेको, जनताको चाहनालाइ कुठाराघात गरेको तथा राजनीतिक सिद्धान्त विपरित राज्यलाइ तहसनहस बनाएको आरोप लगाए । उक्त अवसरमा केन्द्रीय सदस्य तिलक रिजालले देशको लागि राप्रपाको नेतृत्व आवस्यक भएको दावी गरे । दुवै पार्टीका जिल्ला सदस्य मिलाएर ५० सदस्य रहेको कार्यसमिति बनाइएको पनि बताइएको छ । कार्यक्रममा पर्वतका पूर्व जिविस सभापति इच्छाबहादुर गुरुङले कार्यक्रम संचालन गर्दै बर्तमान अवस्था, राजनीतिक एकीकरणको प्रकृया र जिल्लाको आवस्यकता बारेमा धारणा राखेका थिए । कार्यक्रममा दुवै राप्रपाका पदाधिकारी र पूर्व सदस्यहरुको सहभागिता थियो ।