बागलुङ, १८ मंसिर – निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) बागलुङले आयोजना गरेको खेलकुद प्रतियोगिता दोस्रो दिन शुक्रबार पनि जारी रह्यो ।
कार्यक्रमको दोस्रो दिन भएका १०० मिटर छात्र दौडमा न्यू एभरेष्ट एकेडेमीका सुनिल थापा प्रथम भएका छन् । द्वितीय चिल्ड्रेन लाईफ इङ्लीस बोर्डिङ स्कुलका दिवस बुढाथोकी र अमृत आदर्श उमाविका विपिन महत तृतिय भएका छन् ।
त्यस्तै १०० मिटर छात्रा दौड प्रतियोगितामा न्यू एभरेष्ट एकेडेमीका सन्ध्या रोका प्रथम, चिल्ड्रेन लाईफकी सन्ध्या कार्की द्वितीय, र अमृत आदर्श उमाविकी मुना रेग्मी तृतीय भएका छन् । ४ सय मिटर छात्र दौडतर्फ चिल्ड्रेन लाईफका सुवास शर्मा प्रथम, अमर आदर्शका सुनिल जिसी द्वितीय र न्यू एभरेष्टका विदुर नेपाली तृतीय भएका छन् । ४ सय मिटर छात्रा दौडतर्फ अमृत आदर्शकी मुना रेग्मी प्रथम, न्यू एभरेष्टकी दिक्षा श्रीस द्वितीय र गरिमा आवासीय उमाविकी जेनिसा खड्का तृतीय भएका छन् ।
छात्रतर्फ छेलो प्रतियोगितामा चिल्ड्रेन लाईफका दिवस बुढाथोकी प्रमथ, न्यू एभरेष्टका सुनिल थापा द्वितीय र अमर आदर्शका अनिल किसान तृतीय भएका छन् ।
छेलो छात्रातर्फ चिल्ड्रेन लाईफकी प्रेमकुमारी थापा प्रथम, गरिमा आवासीय उमाविकी रजनी भुजेल द्वितीय र अमर आदर्शकी मेलिना श्रीस तृतीय भएका छन् । छात्र लङजम्पतर्फ चिल्ड्रेन लाईफका सुवास शर्मा प्रथम, न्यू एभरेष्टका सुनिल थापा द्वितीय र अमृत आवासीय माविका सन्देश माझी तृतीय भएका छन् ।
छात्रा लङजम्पतर्फ चिल्ड्रेन लाईफकी सुस्मीता ठकुरी प्रथम, न्यू एभरेष्टकी अनुशा बोहोरा द्वितीय र गरिमा आवासीय उमाविकी सुजाता सापकोटा तृतीय भएका छन् । छात्र ज्यावलीङ थ्रो तर्फ अमृत आदर्शका गणेश आचार्य प्रथम, न्यू एभरेष्टका सुनिल नेपाली द्वितीय र चिल्ड्रेन लाईफका गोविन्द पुन तृतीय भएका छन् ।
छात्रातर्फ न्यू एभरेष्टका ऋतिका केसी प्रथम, चिल्ड्रेन लाईफकी इश्वरी राना मगर द्वितीय र अमृत आदर्शकी निशा थापा तृतीय भएका छन् । शुक्रबार सम्पन्न यूएस एकेडेमी र धौलागिरी आवासीय विद्यालय बीचको खेलमा २–० को सोझो सेटमा धौलागिरीलाई पराजीत गर्दै यूएस सेमिफाईनलमा प्रवेश गरेको छ ।
चिल्ड्रेन लाईफ र न्यू एभरेष्ट एकेडेमीबीचको खेल २–० को सोझो सेटमा जित्दै चिल्ड्रेन लाईफ फाईनल प्रवेश गरेको छ । बाँकी खेल र समापन कार्यक्रम शनिबार हुने प्याव्सन बागलुङका अध्यक्ष नवराज श्रेष्ठले बताए ।
Previous Article२०७३ मंसिर १८ गते शनिबारको राशिफल
Next Article बृहत कुषि मेला प्रर्दशनी शुरु