रियाद । ‘विश्व भरी छरिएर रहेका कस्केली हरुको खोजी अभियान समृद्धि जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मुल नाराका साथ स्थापना भएको कास्की आदर्श समाज साउदी अरबको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले २०२३ देखि २०२५ को लागि मनिष थापाको अध्यक्षतामा नयाँकार्य समिति चयन भएको छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा मनकाजी गुरुङ, महिला उपाध्यक्षमा गिता आले मगर, महासचिवमा कुल बहादुर गुरुङ, सचिबमा हेमलाल सेवा, सहसचीवमा भल बहादुर गुरुङ, कोषाध्यक्षमा तुल्सीराम भण्डारी, सहकोषाध्यक्षमा ओमबहादुर गुरुङ निर्वाचित भएका छन् ।
त्यसै गरी समाजको सदस्यमा सोम परियार, केशव जिसि, यम प्रसाद गुरुङ, खर ध्वज गुरुङ, बुद्धि प्रस्ताव गुरुङ, बिकास गुरुङ, दिपक कार्की, महिला संयोजकमा सिर्जना भण्डारी, युवा संयोजकमा राजु केसी, सहसंयोजकमा गिरिजा गुरुङ, सांस्कृतिक संयोजकमा रोहन कुमार परियार, मिडिया संयोजकमा दुर्गा बहादुर गुरुङ, प्रबक्तामा कमल शाही निर्मल, प्रमुख सल्लाहकारमा शिव ढकाल र सल्लाहकारमा खेम गुरुङ, किरन पुरी, ओम घले, मुक्ती बराल, सस्थापक संरक्षक संयोजकमा अमर सापकोटा र संरक्षकमा अमृत पौडेल र बासुदेब सापकोटा चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास रियादका द्वितीय सचिव टिकाराम उपाध्यायले उद्घाटन गरेको कार्यक्रममा साउदी अरबमा स्थापित कृयाशिल वैचारिक संगठनहरूको प्रतिनिधिहरू, सामाजिक संगठन तथा विभिन्न जिल्ला संस्थाका प्रतिनिधिहरू, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद नेपाल, नेपाल च्याप्टर, कतार, युएई, स्पेन, पोर्तुगल, बेल्जियम, बहराइन, अमेरीका, दक्षिण कोरिया लगायत सम्पुर्ण विभिन्न देशहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।