काठमाडौं, १८ मंसिर-पूर्वप्रधानमन्त्री एवं नयाशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ११ वर्षअघि सात दल र माओवादीबीच नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपुर्ण रहेका बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने,‘२०६२ मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपुर्ण हो ।’
पुर्व सांस्द विजय पौडेलको सम्पादकत्वमा प्रकाशित ‘नेपाल-सम्बन्ध विगत,वर्तमान र भविष्य’विषयक पुस्तक विमोचन समारोहमा उनले भने,‘विदेशी भुमिमा १२ बुँदे भएकाले मुलुक अहिले अकल्पनीय कठिन अवस्थामा गुज्रदैछ ।’ मुलुकको अग्रगमनका लागि राजनीतिक दलहरुबीच नेपाल–भारत सम्बन्धमा समान धारणा बन्नुपर्नेमा डा.भट्टराईले जोड दिए ।
डा.भट्टराईलाई उद्धृत गर्दे पौडेलले भने,‘१२ बुँदे सहमति दिल्लीमा हुनु नै नेपाली राजनीतिमा भारतीय हस्तक्षेप बढाउने कारण हो । १२ बुँदे विदेशी भुमिमा नभएर नेपालमै हुनुपथ्र्यो ।’
Previous Articleरुपन्देहीमा नमुना जनमत संग्रह, नतिजा के आयो ?
Next Article डिनको राजीनामापछि किन तोडेनन् डा. केसीले अनशन ?