बुटवल, १७ मंसिर- नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले बुटवलमा शुक्रवार गरेको ‘नमुना मत संकलन’मा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउन नहुने पक्षमा भारी जनमत देखिएको छ । नेविसंघले शुक्रवार गरेको मत संंकलनमा प्रदेश टुक्र्याउने पक्षमा झिनो मत देखिएको हो ।
निर्वाचन अधिकृत ठाकुर घिमिरेका अनुसार १८ हजार २८३ मत खसेकेकोमा प्रदेश टुक्राउन नहुने पक्षमा १७ हजार ५ सय ४५ र विपक्षमा मात्र ५ सय ४८ मत परेको थियो । प्रदेश टुक्र्याउने गरी गरिएको संविधान संशोधन प्रस्तावको विरोधमा यहाँका विद्यार्थी सङ्गठनहरू आन्दोलित बनेका छन् ।
Previous Articleसंविधान संशोधनको विरोधमा बुटबलमा वृहत प्रदर्शन
Next Article दिल्लीमा भएको १२ बुँदे दुर्भाग्यपुर्ण-बाबुराम