फडिन्द्र अधिकारी
लेखनाथ, भदौ १३ गते । जूवा खालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका रिहा हुनुभएको छ । जूवा खालबाट पक्राउ पर्नुभएका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुट्नभएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जनही २५ हजार धरौटीमा छाडेको हो । धरौटी बुझाएर रिहा भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । भदौ ७ गते पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटेल लक्ष्मीबाट पक्राउ कास्की प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिनुभएको थियो । गएको स्थानियतह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष निर्वाचित लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जना चोकका शङ्कर ज्वारचन, पोखरा महेन्द्र पुलका गुन्ज हिराचन, राम बजारका राजु गुरुङ र राम बजारकै दलबहादुर हिराचन पक्राउ परेका थिए । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद भएको थियो । गोरखापत्र अनलाइनबाट साभार