बागलुङ, १७ मंसिर – एचआइभी र एड्सलाइ प्राण घातक रोग भन्ने भ्रम हटाएर सामान्य रुपमा लिनुपर्ने सरोकारवालाले बताएका छन् । २९ औं विश्व एड्स दिवशको अवसरमा बागलुङमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका अगुवाले समयमा उपचार गर्न सकेमा दीर्घ जीवन जीउन सकिने संक्रमणलाइ डरलाग्दो बनाउनु भन्दा रोकथाममा ध्यान दिनु आवस्यक भएको बताए । बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारीले भनेर डराउने गरिएको एचआइभीलाइ सरकारले गम्भिर रुपमा हेरेको भन्दै सबैले राज्यको उपचार पद्धतीलाइ विश्वास गर्ने र प्रभावकारी उपचारमा सहयोग गर्नुपर्ने बताए । उनले खुल्न नसकेका संक्रमितलाइ सहज वातावरण बनाउने, समाजले सम्मानजनक व्यवहार गर्नुपर्नेमा पनि जोड दिए । दिवशको अवसरमा बिहिवार बिहान प्रभातफेरी आयोजना गरिएको थियो । प्रभातफेरीपनि जिल्ला स्वास्थ्य कार्यालयमा पुगेर प्रवचन कार्यक्रम समेत गरिएको हो । स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता, जिल्ला स्वास्थ्यका तथ्यांक अधिकृत घनश्याम सापकोटाको संचालनमा भएको कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसात तिवारी, धौलागिरी अञ्चल अस्पतालमा जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल र संक्रमितको तर्फबाट रामचन्द्र आचार्यले बोलेका थिए । धौलागिरी अञ्चलमा ३ सय २५ जना एचआइभी संक्रमित भएको अनुमान छ । उनीहरु मध्ये १ सय २७ ले एआरबी औषधि सेवन गरिरहेका छन् । देशभरको तथ्यांक हेर्दा सन् २००५ को तुलनामा सन् २०१५ मा आइपुग्दा संक्रमणको दर घटेको छभने उपचारमा आउनेको संख्या बढेको छ । यो क्रमले सचेतना अभियानको प्रभावकारीता बढीरहेको समेत बताइएको छ । दिवश मनाउने अभियानका लागि आइएनएफ पालुवा, धौलागिरी पोजेटिभ समूह, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बागलुङ प्राविधिक शिक्षालय, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सुआहारा, नेपाल प्रहरी, लगायतका संघसंस्था र सरकारी कार्यालयले यो दिवशलाइ संयुक्त अभियानको रुपमा मनाएका थिए ।
Previous Article१७ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article प्रहरीको विकल्प राम्रो प्रहरीः एसपी