बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर क्षेत्र पर्यटन व्यवसायका लागि निकै राम्रो मार्ग हो । यही करिडोर क्षेत्रमै १५ वर्ष भन्दा बढी पर्यटन व्यवसायमै सक्रिय रहनु भएका काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–५ का टंकलाल श्रेष्ठले नेपाल तथा भारतमा समेत चर्चीत धार्मिकस्थल गलेश्वरधाम क्षेत्रमा सात करोड भन्दा बढीको लागतमा होटल ताजमहल सञ्चालनमा ल्याउनु भएको छ ।
२४ वटा व्यवस्थीत तथा अकर्षक एट्याच कोठाहरु भएको होटल ताजमहल लज एण्ड रेष्टुरेन्ट निर्माण गरी सञ्चालनमा ल्याउँदा ७ करोड भन्दा बढीको लगानी भएको उहाँको भनाई छ । लामो समय कालिगण्डकी करिडोर क्षेत्रमै गरेको रोजगारीले ल्याएको मनको रहर पुरा गर्न आफ्नै लगानीमा घडेरी खरिद गर्नुभएका श्रेष्ठले त्यही घडेरीमा निर्माण गरेको भवनमा व्यवसाय सञ्चालन गर्नुभएको हो । २०७५ मा जग्गा खरिद गर्नुभएका श्रेष्ठले २०७८ देखि होटल ताजमहलबाट फुलफेजमा सञ्चालन गरेको बताउनुहुन्छ ।
पर्यटन व्यवसायमा लाग्नका लागि भन्दा पनि रोजगारीको शिलशिलामा पहिलो पटक बि.सं. २०५३ सालमा काभ्रेबाट मुस्ताङको लेते पुग्नु भएको थियो उहाँ । हालको थासाङ गाउँपालिकाको लेते स्थीत कालोपानीमा रहेको कालोपानी गेष्ट हाउसमा कर्मचारीको रुपमा काम थाल्नु भएका श्रेष्ठले पाँच वर्ष सम्म उक्त स्थानमा काम गर्नुभयो । नेपाली कांग्रेस मुस्ताङका पार्टी सभापति एवम् पूर्व मन्त्री रोमी गौचन थकालीको कालोपानी गेष्ट हाउसमा कर्मचारीका रुपमा आफूलाई होम्नुभएका उहाँले मुस्ताङमा पाँच वर्ष रोजगारी गरेपछि म्याग्दी सदरमुकाम बेनीमा आएर रोजगारी गर्न थाल्नु भयो । बेनीमा रहेको म्याग्दीकै पुरानो होटल यतीमा उहाँले २०५८ देखि ०६७ सम्म रोजगार गर्नुभएको थियो । उहाँले २०६७ देखि ७ वर्ष सम्म गलेश्वरमा रहेको होटल रिभरसाइड सञ्चालन गर्नुभयो । होटल रिभरसाइड विक्री भए पश्चात होटल मदरल्याण्ड तीन वर्ष सञ्चालन गरेपछिको लामो समय सम्म होटल व्यवसायकै अनुभवले गर्दा आफ्नै लगानीमा व्यवसाय सञ्चालन गर्ने चाहना अनुरुप ताजमहल सञ्चालन गर्ने जमर्को गरेको हु – श्रेष्ठले भन्नुभयो ।
पछिल्लो दुई वर्ष देखि सञ्चालीत उहाँको व्यवसाय मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता भएर सञ्चालनमा रहेको बताउनुहुन्छ । एक छोरा र एक छोरीका बाबा टंकलाललाइ उहाँकी पत्नि दुर्गाले पनि होटलमा साथ दिदै आउनु भएको छ । छ जना अन्य कर्मचारी र श्रीमानश्रीमती गरी ८ जनाले रोजगार पाएको ताजमहलमा मासिक सबै खर्च कटाएर ८० हजार रुपैयाँ बचत गर्ने गरेको उहाँको भनाई छ ।