Padmpरूख र जीव
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
यी दुबै,
उस्तै उस्तै लाग्छ,
घरि बसन्त आउँछ,
घरि शिशिर छाउँछ,
समयसँगै परिवर्तन भईरहन्छ,
पात पलाउँछन्, पालुवा चढ्छन्
फुल्छन्, फल्छन्,
झर्छन्, सिक्रिन्छन्, नाङ्गिन्छन् ।
मानव जीवनमा पनि त्यस्तै हुन्छ,
वालावस्था,
किशोरावस्था, यौवनावस्था,
प्रौढावस्था अनि बृद्धावस्था ।
कहिले ढकमक्क हरियाली,
कहिले उजाड ।
कहिले वाह वाहि,
कहिले तिरस्कार ।
मल, जल,
प्रेम, सत्कार । दुबैमा हुन्छन् ।
हावा, हुरि, विजुली, पानी,
रिस, राग, घृणा, द्वेश । दुबैमा देखिन्छन् ।
अरूका कारणले,
अथवा आफ्नै कारणले
सुख दु:ख: एक अर्काका परिपुरक वनि,
आईरहन्छन् । दोहोरिरहन्छन् ।
रङ्गिविरङ्गि पंक्षीहरूको आश्रय,
रूख होस् वा जीबन,
एकदिन दुबै नाङ्गिनुपर्छ,
उजाडिनुपर्छ ।
खडेरिले पात ओईलाउनुपर्छ,
अभाव र गरिवीले आँत सुक्नुपर्छ ।
तसर्थ,
हे मानव, घमण्ड नगर,
सबै अल्पकालिन कुराहरूको मोहमा,
आडम्वर नदेखाऊ,
कसैलाई घृणा नगर, अपमान नगर ।
अझै ! रूखवाट धेरै सिक,
ठिङ्ग उभिअ,
अनि सबैको छहारी बन,
फलफूलको रूख जस्तै प्रेमिल बन,
आँफु बाँच र अरूलाई बचाऊ ।
-आत्रेय पद्म
मुस्ताङ्ग (मुक्तिक्षेत्र)
२०८०/०३/२६