बेनी नगरपालिका–५, बगुवाखोलामा रहेको बौद्धिक अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने श्रोत कक्षाका लागि नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दीले शैक्षिक तथा सांगितक सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले बालजागृती आधारभुत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि १५ हजार रुपैंयाँ मुल्य पर्ने सामग्री हस्तान्तरण गरेको अध्यक्ष ध्रुव जिसीले जानकारी दिनुभयो ।
विश्व संगित दिवासको अवसर पारेर उक्त विद्यालयमा अध्ययन गर्ने फरक क्षमता भएका बालबालिकालाई कपि, कलमका साथै सांगितिक सामग्री हस्तान्तरण गरिएको थियो । बालबालिकालाई शैक्षिक सामग्री अध्यक्ष ध्रुव जिसी तथा गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा, पूर्व सदस्य तथा सर्जक नकुल ढकाल, प्रथम उपाध्यक्ष एकराज चापागाइँ लगायतले हस्तान्तरण गर्नु भएको थियो ।
सचिव बिजुन केसीको सञ्चालनमा भएको कार्यक्रमा प्रधानाध्यापक धनबहादुर केसीले सामग्री हस्तान्तरण गरिएको थियो । फलफुल तथा कपि कलम, पेन्सील, मादल खैजडी एवम् डम्फु तथा खाजाको सामग्री हस्तान्तरण गरिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।