म्याग्दी, १६ मंसिर/जिल्लाको बावियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको शैक्षिक तथा भौतिक पुर्वाधार निर्माणको अभियानमा आर्थिक संकलन अभियानले तिव्रता पाएको छ ।आर्थिक संकलन अभियानअन्र्तगत बावियाचौर–८ रणबाङ स्थायी घरभई हाल फ्रान्समा रहेका तप्तबहादुर भण्डारीले त्यहाँ रहेका म्याग्देली सहित नेपालीबाट जुटाएको २ लाख १ रुपैयाँ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । त्यसैगरी बावियाचौर–८ स्थायी घर भई हाल न्युयोर्क निवासी मंगला माविका भूपू विद्यार्थी नन्दु फगामी तामाङले आर्थिक तथा भौतिक पूर्वाधार विकासको लागि ५० हजार ५ सहयोग गरेको आर्थिक संकलन समिति विदेश विभाग प्रमुख सतप्रसाद रोकाले बताए । ‘आर्थिक संकलन अभियान जारी छ । क्याम्पसलाई भौतिक र शैक्षिक क्षेत्रमै नमुनाब बनाउने अभियानमा सहयोग जुट्ने क्रम जारी छ’ रोकाले भने । यसैगरी, बाबियाचौर–५ का क्याम्पसका भूपू सञ्चालक समितिका सदस्य समलाल पूर्जाले १० हजार सहयोग गरेका छन् ।
Previous Articleलगानी सम्झौता नहुँदा अघि बढेन पश्चिम सेती
Next Article एमालेले सदन अवरुद्व पार्ने