कृष्ण प्रसाद शर्मा
हरेक बर्ष जस्तै यो बर्ष पनि नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने यो अभियान पछिल्लो समय नेपालमा एक किसिमले चार्ड जस्तै बनेको छ । महिला हिंसा विश्वका जुनसुकै देशमा छभने हाम्रो जस्तो विकसोन्मुख देशमा त झन् अधिक छ । महिला हिंसा जुनसुकै धर्म, सम्प्रदाय र क्षेत्रमा बस्नेहरूमा पनि छ । तर यसको मात्रा कम र बढी होला पक्कै छ । अहिले देशमा प्रधानन्यायधीस, राष्ट्रपति र सभामुख र उद्योग बाणिज्य संघमा गरी चार उच्च तहमा महिलाको नेतृत्व पुगेको छ । यो हाम्रो जस्तो पितृसतात्मक सामाजिक संरचना भएको देशमा सानो कुरा होईन । हाम्रो पुरूष प्रधान समाज भएका कारण महिला हिंसा बढी छभने कतैकतै पुरुष हिंसा पनि छ तर यसलाई कसैले चासो दिएका छैनन् । राजधानी जस्तो मुटुमै तीन सन्तानकी एकल महिलाको सामुहिक बलात्कार हुन्छ भने महिला कहाँ सुरक्षित होलान् । हरेक घर–घरमा कहि न कतै हिंसा छ तर जुन सासु र बुहारीदेखी श्रीमान र श्रीमती सम्म ।
महिला हिंसा एक बर्षमा एकपटक मनाएर मात्र यो स्थितीमा सुधार हुने होईन तरपनि यसले अन्तराष्ट्रिय स्तरमा भए गरेका महिला हिंसाको अवस्था र यसको तुलनात्मक अध्ययन गरी कदम चाल्न सहयोग अवश्य हुन्छ । महिला अधिकारबादीका नाममा अनेक संस्थाहरू भएपनि थोरै मात्रले परिणाम देखिने गरी काम गरेका छन्भने अधिकाँश राजधानी र जिल्ला सदरमुकामका होटेल र पार्टि प्यालेसमा कार्यपत्र र नारा लगाएर सकिन्छन् । महिला हिंसाका कारणहरू क्षेत्र, जाती र धर्म अनुसार फरक फरक छन् । दाईजो देशैभरि भएपनि तराई भागमा यहि दाईजोको कारण ज्युँदै आगो लगाउनेदेखी एसिड छर्किने सम्मका निन्दनिय काम भएका छन् । गत बर्ष राजधानीमै प्रेमका नाममा एसिड मुखमा फालेको खबर आएको थियो कि पिडितले अस्पतालकै बेडबाट एसएलसीको परिक्षा दिनु परेको थियो । दलित समुदाय जुनसुकै ठाउँमा भएपनि बोक्सीको आरोपमा मलमुत्र खुवाउने काम भएका छन् । भर्खर एक हप्ता अगाडी ६२ बर्षिय एक दलित महिलालाई बोक्सीको आरोपमा कुटपीटदेखी मलमुत्र खुवाईयो । हामी भन्छौ यो एक्काईसौ सताब्दी हो तर हामी १४ औ शताब्दीमा छौ ।
हामीले महिला हिंसाका धेरै नै प्रताडित घटनाहरू देख्छौ । भर्खर अस्ती मात्र अछाममा २१ बर्षिय एउटी चेलीको छाउपडीका कारण बसेको गोठ मै निसासिएर मृत्यु भयो । महिला हिंसाले न पहाड भनेको छ न तराई नै । हिमाली भेगमा कतिपय ठाउँमा महिला प्रधान समाज छ जसका कारण त्यहाँ पुरुष पिडित छन तर यसको चर्चा यस अध्यायमा गणना हुँदैन । महिला भएकै कारण हिंसा सहनु पर्ने र हिंसा एउटा जीवन शैलीका रुपमा अपनाएका कतिपय ठाउँहरू छन् । महिला हिंसा भई हाले पनि यसलाई बाहिर ल्याउन नचाहने र बाहिर ल्याउँदा थप पिडितले नै दुःख पाउने कारण अझै थामथुम गरेर जीवन चलाएका पनि छन् । पुरुषले महिलालाई गरेको हिंसा खास गरी लोग्नेले स्वास्नीलाई गरेका हिंसा अधिकांश मेलमिलाप गराएर छोड्ने गरेको देखिन्छ । प्रहरी कहाँ उजुरी नै कम परेका पनि घरको झगडा परालको आगो भनेर मेलमिलापको बाटोबाट टुङ्गाईन्छ तर खासमा यो थप पिडा दिएर राख्ने काम मात्रै हो । राज्यले अन्तरजातिय विवाहलाई प्रोत्साह गर्न केही रकम समेत दिने घोषणा गरेपनि विवाह पछिको सुरक्षाका कारण यस्ता खाले विवाह टिक्न सकेका छैनन । यो अभियानले देखावटी कुराभन्दा जडमा पुगेर हेर्न आवश्यक छ । कतिपय ठाउँमा आजकाल अन्तरजातिय विवाहमा दलितलाई खुट्टा ढोगेरै छोरी दिएका छन् उनीहरूलाई यो अभियानको अवसरमा सम्मानित गर्न जरुरी छ । महिला हिंसामा खास गरी चेतनाको कमी भएर मात्र होईन कि सामाजिक मान्यताका कारण पनि हुँदै गएको छ । तराईमा छोराले शिक्षा लिनु भनेको उसको जीवन सफल हुन्छ भन्ने सोचभन्दा बुहारी ल्याउँदा पाईने योग्यता अनुसारको पाईने दाईजोको चर्चा बढी हुन्छ । वर्तमान प्रधान न्यायधिसले तराई भ्रमणमा छोरीलाई घुम्टो ओडाई राख्ने अनि अधिकार र समावेशीको पाठ पढाई राख्ने गर्नु हुन्न भन्ने आसयले पनि महिलालाई हिंसा हुँदा पिडकलाई कसरी कति कडा सजाय दिनेमा केन्द्रित छौ नकि कसरी महिलालाई योग्य र उनलाई कसरी सक्षम बनाउने तिर सोच छैन । अहिले महिलाका हरेक कार्यक्रम शहर केन्द्रित छ, गाउँ–गाउँमा कार्यक्रम पुग्न सकेका छैनन् । अझै महिला हिंसाबारे सामान्य बहस कतै नहुँने ठाउँ पनि छन । यो अभियानलाई अब गाउँ केन्द्रित गराउन समेत जरुरी छ । छुवाछुतका नाममा हुने हिंसामा पुरूषको तुलनामा महिला बढी प्रताडित छन् । राज्यले कानुन बनाई दिएको छ त्यसको उपभोग गर्नका लागि सरोकारवाला एक जुट छैनन् ।
राज्य र महिला हिंसमा काम गर्नेहरूले हरेक बर्ष मनाउने यो १६ दिने अभियानमा अधिकांश पुरातनवादी अभ्यास मात्र भएको देखिन्छ । किन कि हाम्रो अभियानले स्कुलका छात्रा समेत पुगेको छैन अनि पाठ्यपुस्तकमै पनि महिला हिंसालाई नकार्ने खालका सामाग्रीहरू समेत छैनन् । महिला हिंसाका घटनालाई बाहिर ल्याउने एउटा पक्ष भएपनि यसको प्रमुख कारणमध्ये आत्मनिर्भर हुन नसक्नु जस्ता कारणलाई कसरी महिला उद्यामी बनाउने जस्ता कुरा प्राथमिकता दिन समेत हामी पछि परेका छौ । यो अभियान कर्मकाण्डी अभियान जस्तो सिमित दुई चार जना सुकिला–मुकिलालाई बाहिर ल्याएर भाषण सुनाउने भन्दा महिला हिंसाबारे गाउँमा धुलो र धुँवामा जीवन बिताए रहेका महिलाहरू सम्म पुगोस् । जय नारी ।
Previous Article२०७३ मंसिर १४ देखि २० सम्मको साप्ताहिक राशिफल
Next Article नेपालमै फल्छ जापानी येन