युवा ज्यो. सूर्य पौडेल
मेष– वादविवादमा फसिने, आशा गरेकै ठाउँबाट असहयोग हुने, थालेका कार्यमा विलम्ब ।
बृषः मानसिक शान्ति, व्यापार व्यवासायमा नोक्सानी हुने, छोराछोरीसँगै वादविवाद पर्ने ।
मिथुनः शत्रु पक्षको पराजय, थालेका कार्य सफलतान्मुख, विवादको भासमा फसिने ।
कर्कटः यात्रामा अनेकानेक विध्नबाधा खडा हुने, यत्रतत्र यश कीर्ति फैलने, मनमा शान्ति ।
सिंहः अशुभ समाचार सुन्नुपर्ने, मनमा अशान्तिको राज, प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन हुने ।
कन्याः अर्थलाभसँगै कार्यसिद्धिको योग, चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने, मनमा उदासता छाउने ।
तुलाः आर्थिक कारोबारमा क्षति, कार्यमा भने सफलता मिल्ने, स्वजनसँगै मनमुटाव हुने ।
वृश्चिकः मानसम्मानमा वृद्धि, लेनदेनमा विवाद, नोक्सानी, सातान्तमा मनमा प्रसन्नता ।
धनुः अनावश्यक ठाउँमा धननाश हुने, पारिवारिक साथ सहयोग प्राप्त, आँखामा कष्ट हुने ।
मकरः आफन्तजनसँग भेटघाट हुने, विश्वासपात्रबाटै घातप्रतिघात हुने, स्वास्थ्य भने अनुकूल ।
कुम्भः आँटेका कार्य अधुरै, शुभ समाचार सुन्न पाइने, मानहानीको योग ।
मिनः व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने, सोचे जतिका कार्यमा विध्न, सातान्तमा आर्थिक लाभ ।