पर्वत, १४ मंसिर – जिल्लाको सदरमुकाम कुश्मा बजारमा ड्रोन क्यामरा उडाएको आरोपमा प्रहरीले तीन जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो कुस्माबजारबाट पक्रेको छ ।
पर्वतको बड्गाउँ स्थित मुलुककै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको हो । पक्राउ परेका अमेरिकी नागरिकहरुमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन । उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्ला पुलमा अवलोकनका लागि आएका थिए ।
मोटरसाइकलमा मुस्ताङ्ग पुगेर फर्केका पर्यटकहरु फर्किएको प्रहरीले जनाएको छ । ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ । प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले ड्रोनबाट कुस्मा, अग्लो पुल र वरपरको भिडीयो खिचिएको छैन ।
उनीहरुले क्यामराले नै अरु भिडीयो खिचेको बताएका छन । ड्रोन क्यामरा भने अनुमति बिना चलाएको पाइएकोले प्रहरीले नै नियन्त्रणमा राखेको छ । ‘कागजात लिएर आएपछि फिर्ता गर्छौ’ खनालले भने ।
Previous Articleहस्तमैथुनः गर्ने कि नगर्ने सोच्नुस्?
Next Article २०७३ मंसिर १४ देखि २० सम्मको साप्ताहिक राशिफल