अमृत बास्कुने
मंगला गाउँपालिकाको आयोजनामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड, बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि मंगला गाउँपालिका–२ को मंगला माध्यमिक विद्यालयले हात पारेको छ । मंगला गाउँपालिका–२, सहश्रधारा स्थित मालिका युवा क्बलको खेलमैदान र मंगला माध्यमिक विद्यालयको प्राङ्गणमा तीन दिन सम्म चलेको प्रतियोगितामा १४ स्वर्ण, ३ रजत र २ कास्य सहित मंगला माविले उपाधि हात पारेको हो ।
प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ५ कास्य सहित महेन्द्र रत्न माध्यमिक विद्यालय मंगला गाउँपालिका–३, बरंजा दोश्रो र ५ स्वर्ण, २ रजत र ३ कास्य सहित डनिङ बोर्डिङ स्कुल, बाबियाचौरले तेश्रो स्थान हासिल गरेको मंगला गाउँपालिकाका एमआईएस अपरेट लेकनाथ सापकोटाले बताउनुभयो ।
१० वटा विद्यालयले सहभागिता जनाएको उक्त प्रतियोगितामा मंगला गाउँपालिका–४ थर्पुगाउँ बरंजाको महेन्द्र रत्न आधारभूत विद्यालय पदक विहिन भएको छ भने अन्य सबै बिद्यालयले पदक हात पारेका छन् ।
३० स्वर्ण पदकका लागि भएको प्रतियोगितामा मंगला माध्यमिक विद्यालयले १४, महेन्द्र रत्न माविले ७, डनिङ बोर्डिङले ५, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँले ३, दिपशिखा मावि कुहुँले १ स्वर्ण पदक हात पारेका थिए । त्यस्तै दिपशिखा माविले ८, शारदा मावि छिस्वाङ र महेन्द्र रत्न माविले ५÷५ राजजा मावि पूर्णगाउँले ४, शिशुकल्याण मावि अर्मन र मंगला माविले ३÷३ एवम् डनिङ बोर्डिङले २ रजत पदक हात पारेका छन् । त्यसैगरी दिपशिखा माविले ७, राजजामाविले ६, महेन्द्ररत्न माविले ५, डनिङ बोर्डीङले ३, मंगला मावि, त्रिभुवन मंगला मावि ¥यालेखोर, शिशुकल्याण मावि अर्मन र शारदा मावि छिस्वाङले दुई÷दुई र शिद्धशान्ति मावि हिदीले एक कास्य पदक हात पारेका छन् ।
प्रतियोगितामा प्रथमलाइ ५० हजार, दोश्रोलाइ ३० हजार र तेश्रोलाई २० हजार रुपियाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।