राजेशचन्द्र राजभण्डारी
घर शान्ति नै बिश्व शान्तिको आधार दिगो बिकासको लागि लैङगिक हिँसा रहित समाज भन्ने मुल नारा साथ अहिले फेरि शुरू भएको छ नेपालमा लैङ्गिक हिँसा बिरूद्ध १६ दिने अभियानको यस बर्षको नारा सुन्दा खेरि धेरै राम्रो छ । यो बर्ष पनि सरकारी गैरसरकारी सँघ सँस्थाहरूले सँयुक्त रूपमा यहीँ नारालाई मुल आधार बनाएर १६ दिन सम्म सदरमुकाममा कार्यक्रम गर्ने गर्दछन् । साच्चिकै नारा बनाउने मान्छेलाई भने सम्मान गर्नु पर्छ है यस बर्षको नारा धेरै मार्मिक छ ।
बिश्व शान्तिको लागि सर्बप्रथम घरमा शान्ति हुनुपर्छ घरमा शान्ति हुनको लागि सबै किसिमको वातावरण मिल्नुपर्छ । मनमा शान्ति घरमा शान्ति भए मात्रै समाजमा गाउँमा शान्ति हुन्छ अहिले त्यो अबस्था छैन तर ब्यबहारमा त्यो हुनुपर्छ भन्ने उद्देश्यले देश ब्यापिरूपमा एउटै नारालाई आधार बनाएर महिला हिँसा बिरूद्ध १६ दिने अभियान चल्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।
बागलुङ जिल्लामा पनि प्रत्येक बर्ष यसरी नै लैङ्गिक हिँसा बिरूद्ध १६ दिने अभियान साथ विभिन्न चेतनामूलक कार्यक्रम पनि हुने गरेको छ तर परिवर्तन कति भयो त भनेर कसैले प्रश्न सोध्यो भने यसको जवाफ छैन ।
साच्चै भन्नू पर्दा शान्ति छ त अहिले महिला सुरक्षित छन् त अहिले यो गम्भीर प्रश्न हो नारा र व्यवहार फरक–फरक बिषय बनेको कारणले पनि हामीले खोजेको उद्देश्य पूरा हुन नसकेको हो मञ्चमा गएर भाषण गर्ने एउटा व्यवहार फरक भएको कारणले गर्दा नै महिला हिँसा प्रत्येक बर्ष कम भन्दा पनि झन बढेर गएको देखिन्छ । अहिले पनि महिला दिदीबहिनी सुरक्षित छैनन् नयाँ–नयाँ किसिमको घटना घटिरहेको छ समाजमा महिला हिँसा गर्ने मान्छेलाई अहिले पनि कानुनी कार्बाही भएको कमै मात्र भेटिन्छ । धेरै जसो कुरा पैसाको लेनदेनमा गएर टुंगिने भएको हुनाले पनि समाजमा महिला हिँसा कम नभएको हो कि हामी सबैले बिचार गर्नु पर्ने हो की ।
आज भन्दा २७ महिना अघि नेपाली नारीहरूको महान चाड तीज मनाएर घर फर्कदै गर्दा बागलुङ सदरमुकाम नजिकै रूपा गौतमको निर्मम तरिकाले बिच सडकमै हत्या भयो अहिलेसम्म हत्यारा फेला पार्न सकेको छैन प्रहरी प्रशासनले खै के भएर हो कुन्नि बजारमा धेरै थरि हल्ला चले तर दिउसै एकजना महिलाको हत्या भयो । रूपाको हत्या गर्ने अपराधी अलप भयो प्रहरीले अनुसन्धान नगरेको पनि हैन दुई दुई जना प्रहरी प्रमुख नै सरूवा भै सके बागलुङबाट सरूवा भएर महेन्द्रनगर जानू भएका प्रहरी प्रमुख चक्र सिँहले बागलुङ उद्योग बाणिज्य सँघले आयोजना गरेको बिदाइ कार्यक्रममा आफ्नो १६ महिने बागलुङ बसाइ राम्रो भए पनि रूपा हत्याकाण्ड पत्ता लगाउन नसकेकोमा आफु दुखि भएको धारणा राख्दै रूपा गौतम हत्याकाण्ड काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुशुन्धान ब्युरो सिआइबीले हेरिरहेको बताउनुबाट प्रहरी प्रशासन रूपा हत्याकाण्ड बारे लागि रहेको कुरालाई सकारात्मक रूपमा लिनुपर्छ । जे भए पनि प्रहरी प्रमुख चक्र सिँहको भनाइ महिला हिँसा बिरूद्ध १६ दिने अभियान कै बेला आउनु अभियानलाई एउटा सफलता मान्न सकिन्छ । अहिलेको महिला हिँसा बिरूद्ध १६ दिने अभियानमा महिला तथा बालबालिका कार्यालय बागलुङले मङ्सिर १० देखि २५ गते सम्म सदरमुकाम देखि गाउँ–गाउँमा ४२ किसिमको कार्यक्रम सार्वजनिक गरेको छ । महिला तथा बालिका बिरूद्ध कहिले हिँसा नगर्ने, महिला तथा बालिका बिरूद्धका हिँसामा कहिले चुपलागेर नबस्ने, महिला तथा बालिका बिरूद्धका हिँसाको कहिल्यै उपेक्षा नगर्ने, नारा समेत अगाडि सारेको छ जे होस अहिलेको १६ दिने अभियानमा लैङ्गिक हिँसा बिरूद्धको लागि राम्रो नारा हो तर साच्चिकै यो नारा ब्यबहारमा कति दिन टिक्न सक्छ त्यो प्रमुख कुरा हो । यसपाली अगाडि सारेको कार्यक्रम राम्रो र चेतनामूलक नै देखिन्छ तर रूपा हत्याकाण्डको बिषयलाई पनि एउटा एजेन्डा बनाएको भए राम्रो हुने थियो ।
हुनत रूपा हत्याकाण्ड पुरानो भएर पनि होला यसलाई अहिले प्राथमिकतामा नराखेको तर अहिले यसले कति महत्व पाउछ त्यो त हेर्न बाँकी नै छ । हुनत केही बर्ष देखि नेपालमा लैङ्गिक हिँसा बिरूद्ध १६ दिने अभियान सञ्चालन हुदै नआएको भने होइन त्यो अभियानले समाजमा के कति परिवर्तन आयो त त्यसको समिक्षा गर्न जरुरी छ । अहिले पनि दिनहुँ जसो महिला हिँसाका घटना घटिरहेको छ बालिका बलात्कार हुने, बहुबिबाह, घरेलुु हिँसाका घटनामा पनि कमि आएको छैन । सदरमुकाम देखि गाउँ गाउँमा घटना घटे पनि प्रायः जसो घटनाको उजुरी दर्ता नहुने केही प्रमुख घटनाको मुद्धा दर्ता भए पनि मिलोमतोमा पीडितलाई केही रकम दिएर टुङ्गाउने हुनाले पनि अपराधीले सजिलोसँग उनमुक्ति पाई रहेका छन् । अपराधीलाई उसले अपराध गरे अनुसार सजाय जब सम्म दिँदैन तब सम्म समाजबाट हिँसा र अपराधका घटनामा न्युनिकरण आउने वाला छैन । सेतो रिबन बितरण देखि अन्तरक्रिया कार्यक्रम चेततना मुलक कार्यक्रम गरेको हेर्दा खेरी गत बर्षको तुलनामा लैङ्गिक हिँसामा किन कमि आएन हामीले गर्ने कार्यक्रम खाली कर्मकाण्डि मात्रै भए कि यसमा समेत अब गम्भीर हुन जरुरी छ कि ।
महिला तथा बालबालिका कार्यालय देखि महिला अधिकारबादी संघसंस्था, गैरसरकारी सस्थाहरूले सयुक्त रूपमा १६ दिने अभियानलाई प्रभाकारी बनाउने कार्यक्रम ल्याएका छन् तर जिल्लामा १६ दिन मात्रै अभियान चलाउने अनि आवाज गर्ने अघिपछि चुपचाप बस्ने अनि अर्को बर्षको १६ दिने अभियान कुर्ने चलन छ । साच्चिकै लैङ्गिक हिँसालाई अन्त्य गर्ने हो भने समाजमा अपराध गर्ने ब्यक्तिलाई कानुनी कार्बाहि गराउन सबै सहमत हुन जरुरी छ । अहिले त जिल्ला प्रहरी कार्यालय भित्र महिला सेलको छुट्टै भबन बनेको कारणले पनि अब पिडामा परेका पीडितले आफ्नो आवाज निर्धक्क सँग राख्न पाउने छन् यसलाई एउटा उपलब्धि मान्नुपर्छ ।
साच्चै नै हामीले अधिकारको कुरामात्र गरेर हुँदैन आफुले कर्तव्य पनि पालना गर्न जरुरी छ । साच्चै लैङ्गिक हिँसाको कुरा भाषणमा गर्ने तर ब्यबहारमा भने एउटा महिलाको अधिकार हनन् गर्ने महिला पनि यसैमा सामेल भएर अझ चर्को आवाज उठाउने गरेको देख्दा समाजमा मान्छेहरू मजाले पेटमिचिमिचि हासिरहेका छन् । जुन सँस्थामा महिला कै अधिकार खोस्ने महिला हाबि भए अनि कसरी अन्यायमा परेका पीडित महिलाले के आशा गर्ने । अहिले महिला अधिकारको कुरा गर्दा पुरूष समेत अन्यायमा परेको कुरा सुन्नमा आउछ तर त्यो बारे पीडित पुरूष समेत बोल्न सक्दैन हो महिला माथि हिँसा गर्नेलाई कार्बाही गर्नु पर्छ तर पुरूष पनि अन्यायमा पर्न भने हुँदैन यो बिषयमा पनि सबै सरोकारवालाको बुझाइ एउटै हुन जरुरी छ । साच्चै नै महिला अधिकारबादी संघसंस्थालाई यसबाट मुक्त राख्न जरुरी छ । लैङ्गिक हिँसा बिरूद्ध अभियानलाई प्रभाकारी बनाउनु पर्छ ।