बिहीबारदेखि सुरु हुन लागेको सातौं संस्करणको म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म म्याग्दी सदरमुकाम बेनीको खुलामञ्चमा हुने सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला–२०७९ को सबै तयारीलाई अन्तिममा पु¥याइएको हो ।
हालसम्म महोत्सवस्थल खुलामञ्चमा व्यापारिक स्टल निर्माण, बेनीबजारमा सरसफाइ तथा बजार सजावट, महोत्सवको प्रचारप्रसार, टिकट बिक्री तथा वितरण, अतिथि निमन्त्रणा एवं कलाकार व्यवस्थापनलगायत आन्तरिक तयारी सबै अन्तिम चरणमा पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक बेलबहादुर कटुवालले जानकारी दिए ।
म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।